Bisal Chautari Logo

संगीत सृजनामा नव सष्ट्रा पुष्कर व्यास्त बन्दै

- ११ असार २०७१, बुधबार ०५:५३ मा प्रकाशित


pushkar sunuwar
भिम राई
काठमाडौं, २०७१, असार ११, बुधवार । नेपालको नक्सामा पश्चिम भुगोल महोत्तरीमा जन्मेका सानो बच्चाले सुदुरपुर्व इलामको बर्णन भएको गायक यम बरालको ‘बादलुको घुम्टोले’ गित गाउँदा श्री सार्वजानिक माविका सबै चकित परेका थिए । महोत्तरीको किसाननगर २ जन्मेका २८ वर्षिय युवा संगितकार तथा ऐरेन्जर पुष्कर सुनुवार कलामा जीवनको आधार खोजिरेहका छन् । pushkar sunuwar (2)
बाल्य अवस्थामा यम बरालको स्वरको फ्यान सुनुवार यो क्षेत्रमा आउने सानो सपनाको आँखीझयाल बाट संगितको दुनिया नियाल्दा निकै रौसिएका थिए रे । सारेगम कला केन्द्रमा ०६० साल देखी संगितमा साधना शुरु गरेका उनले मोहन मगरको शब्द रहेको पहिलो माया त्यसैनै तक्र्यो किन भो पराई , जीवनभरि धोका खाई हिडदै छु म रोई ,गितमा पहिलो संगित भरेका थिए । यहि गितनै उनको पहिलो संगितवद्ध गित थियो । जसलाई गाएक खेम विश्वकर्मा को स्वरमा रेकर्ड भएको थियो । पछि रक्की धासुको संगित र शब्दमा रहेको आँशुको कसम एल्बममा पहिलो गित आफ्नै आवाजमा रेकर्ड भयो ।
किन बज्यो मनमा मिठो धुन
किन लाग्यो राम्रो रातिको जुन
पाउजुको छमछम सुन्छु किन तालमा
म पनि परे कतै उनको माया जालमा
यसरी कला यात्रामा निस्केका पुष्कर सुनुवारले आफ्नो कला यात्रालाई निरन्तरता दिने क्रममा एकल संगितको दुईवटा सोलो एल्बम अन्तरा जिन्दगीको र तिमिसँग बजारमा ल्याईसकेका छन् । चाँडै दुईवटा बजारमा आउने तयारीमा रहेको छ । पछिल्लो समयमा बजारमा निकै चलेको सुनिलदिप्त राईको शब्द रहेको रजीना रिमालको आवाज र पछि सन्तोष लामाको पुन:आवाजमा रहेको आँशु रहेछ जीन्दगी यो सधैँ रुनु पर्ने बोलको गितबाट अलि बढी चर्चा पाएका सुनुवारले करिब दुईसयको हाराहारीमा संगित गरिसकेको तथ्याँक अगाडी राख्छन ।
०६३ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गित सम्मेलनमा उनको संगित उत्कृष्ट दशमा परेको थियो । जिल्ला स्तरिय साँगितिक प्रतियोगिताहरुमा छिटपुट देखिने पुष्कर आफ्नो सम्पुर्ण समय संगितमा लगानी गर्ने उद्येश्य बोकेका युवा कलाकार हुन् । संगित गर्ने , गित गाउने , र ऐरेन्जीङ गर्ने आफ्नो मुख्य कामको रुपमा लिएका उनले आफुलाई संगितकै साधनामा लागेर जीवनको लक्ष्य पुरागर्ने रहर गरेका छन् । “मानिस जन्मिदा खास उद्येश्य हुन्छ कि हुदैन ? तर जन्मिसके पछि भने उद्येश्यहरु अवस्य हुन्छन् त्यसैले निरन्तर साधनारत छु्” उनको भनाईछ । संगितको बजार ओरालो लागेको अनुभव गरेका उनि एउटा स्रष्टाले बाँच्न निकै कठिन हुने अनुमान लगाउँछन् । यहाँ बढ्दो पाइरेसी छ । कपिराईटले गर्दा कलाकारको लगानी उठदैन । सरकारले प्रतिलिपी अधिकार सम्बन्धि ऐन,कानुन बनाएपनि कार्यान्वयन नभएकाले स्थापित स्रष्टाहरुको त हालत छ भने भर्खर संगितमा लागेको आफ्नो त के कुरा ? आफैलाई प्रश्न गर्छन सुनुवार । हरेक नियममा दुख पछि सुख आउने आशामा काम गरिरहेको छ । अवश्य कुनै दिन त्यो दिनपनि आउने छ हाम्रो अगाडी उनले आत्म विस्वासका साथ बोल्छन् ।
हार्मोनियमका अगाडी बसेका उनले स्वरुप आचार्य, रजिना रिमाल, सन्तोष लामा, मिलन आमात्य लगायतका कलाकारको स्वरमा संगित गरेका जानकारी दिए । सुनुवार आफ्नो संगितको दुनियाँमा प्रवेश दिने गुरुद्धय गुरुदेव कामद र रमेश पोख्रेललाई सदा आदर गर्ने बताउँछन् । बुबा टेकबहादुर सुनुवार र आमा चन्द्रमाया सुनुवारको जेठा छोरा पुष्करलाई स्थानिय मिर्मिरे नेपाल नामक क्लबको आयोजनामा आयोजित साँगितिक कार्यक्रमहरुको स्टेज प्रस्तुतिले समेत आत्म जागरण भरेको सुखद अनुभति छ । अन्त्यमा उनकै संगितको एउटा हरुफ गाउँछन् पुष्कर :
तिम्रो नाम सकिन मैले हृदयमा मेट्न,
तिमि आफै टाढा हुँदा परे मुटु रेटन
त्यसैले आउन मनको राजा फेरी मलाई भेटन्
मनको राजा मनको राजा……………………..

ad

प्रतिक्रिया