Bisal Chautari Logo

पुन्टे संयम प्रियंकाको कक्टेल जवानीमा मस्त (भिडियो सहित)

- ९ असार २०७१, सोमबार १९:३४ मा प्रकाशित


priyanka karki and samyam puri movie Punte Paredpriyanka karki and samyam puri  (2)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार १०, मंगलबार ।पछिल्लो समयका चकलेटी, पुन्टे अभिनेता संयम पुरी अभिनेत्री प्रियंका कार्कीको कक्टेल जवानीमा मस्त देखिएका छन् । अभिनेत्री प्रियंकाको कक्टेल जवानीमा अभिनेता पुरी मस्त भने प्रर्दशनको क्रममा रहेको चलचित्र ‘पुन्टे परेड’को एक आइटम गीतमा भएका हुन् ।
यहि साउन २ गते रिलिज हुन लागेको चलचित्र ‘पुण्टे परेड’को ‘कक्टेल जवानी’ बोलको आईटम गीतमा अभिनेत्री प्रियंका र सिनेमाका मुख्य पात्र संयमले एकसाथ ठुम्का लगाएका छन् । अभिनेत्री प्रियंकाले नै करियोग्राफी गरेको आइटम गीतमा चलचित्रको कथा अनुसार संयमले आफ्नै शिक्षिका बनेकी प्रियंकालाई मन पराउँछन् । डान्स क्लबमा रमाईलो गर्न आउँदा उनले नाचिरहेकी युवतीलाई प्रियंकालाई सम्झिएको देख्छन्, अनी आफुलाई शिक्षिका प्रियंकाको कक्टेल जवानीमा संयम मस्त हुन्छन् । प्लस टु पढ्ने मनोविज्ञानमा आधारित यस चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका छन् ।priyanka karki and samyam puri  (1)
चलचित्र ‘पुन्टे परेड’मा संयमसँगै एन्जिला दाहाल, निलु डोल्मा शेर्पाको मुख्य भूमिका छ, भने प्रियंकाको विशेष रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रलाई हरी महतले निर्माण गरेका हुन् ।

भिडियो हेर्नका लागी यहा क्लिक गर्नुहोला ।

ad

प्रतिक्रिया