Bisal Chautari Logo

नेपाली संगीतमा बागलुङबाट उदाएको स्वर

- १ फाल्गुन २०७०, बिहीबार ०५:२२ मा प्रकाशित


 ब्रेकरः– ५८ वर्षिय जीवन शर्माको ५ सय भन्दा गीतमा देशको माया झल्कीएको छ । जीवन शर्मा मात्र होइन बागलुङको माटोमा जन्मिएका थुप्रै संगितर्मीहरु फस्टिएका छन् । बागलुङको सांगितिक माहौलमा हुर्कदै संगितकर्मी बन्ने सपना सजाएर काठमाण्डौ छिर्ने अनि सांगितलाईनै जीवन अपर्ण गर्नेको संख्या ठूलै छ ।
……….
मुटु छुने लुम्लेको हावाले, हातमा रुमाल हल्लाउनी नानीले, भोटे ताल्चा मारेर छातीमा जस्ता लोक पप गीतले तिलक मल्लको सांगितिक भविश्यलाई सुनिश्चित पारेको थियो । उता अहिलेका चर्चित संगीतकार बिबि अनुरागिले अहिलेसम्म ५ हजार भन्दा वढि गीतको संगित संयोजन गरिसकेका छन् भने ६ सय भन्दा वढि गीतमा संगित भरेका छन् ।


विश्वास खड्काथोकी
सीमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेरै भैसक्यो असी झन ठूला दुःखले घेरेको

    यो शव्द सुन्नसाथ तपाईको ओठले भाका हाल्न शुरु गर्छ । ८० वर्षे बाजेको कथा बोकेको यो गीत जनवादी गायक जीवन शर्माले २४ वर्षको ठिटो उमेरमा गाएका हुन् । क्यासेट निकाल्नु सपन जस्तै हुने ०४७ सालमा शर्माले बदलिदो राजनीतिक परिस्थितिसंगै जनवादी गीती क्यासेट रक्तिम भाग–१ वजारमा ल्याए । त्यसपछि उनको रातो लाल्टिन, झरनाको चिसो पानी, यसपाली त यस्तै भो आमा, फोकल्यान्डको टापुबाट, सानो सानो बुकुरो, बुढो किसान, म त्यहि आउँने छुु जस्ता दर्जनौ गीतहरु अधिकांश नेपालीको मनमनमा छाउन सफल भए ।
    बागलुङको दुर्गम सिसाखानीका जीवन शर्माले जनवादी गायकको रुपमा केन्द्रिय पहिचान स्थापित गर्न सफल भए । ५८ वर्षिय जीवन शर्माको ५ सय भन्दा गीतमा देशको माया झल्कीएको छ । जीवन शर्मा मात्र होइन बागलुङको माटोमा जन्मिएका थुप्रै संगितर्मीहरु फस्टिएका छन् । बागलुङको सांगितिक माहौलमा हुर्कदै संगितकर्मी बन्ने सपना सजाएर काठमाण्डौ छिर्ने अनि सांगितलाईनै जीवन अपर्ण गर्नेको संख्या ठूलै छ । पुराना मात्र होइन बागलुङका नयाँ पुस्ताका संगितकर्मीहरुले पनि आशालाग्दो ढंगबाट आफ्नो पहिचान बनाँउँदै छन् ।

    तिलकबम मल्ल भन्ने वित्तिकै धेरैले उनको बहुचर्चीत लोक पप गीत पोखराको वजार ट्याक्सी गुड्यो सरर सम्झन्छन् । हालसालै रेडियो नेपालबाट वरिष्ठ कलाकारको दर्जा पाएका तिलक वम मल्ल बागलुङ हटियाका हुन् । ०५० मा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर सांगितिक यात्रालाई अगाडि बढाएका मल्लले ०५४ सलामा चैते दशै बागलुङे मेलैमा बोलको गीत समेटिएको क्यासेट परिवेश भाग–१ बजारमा ल्याएर आफु मात्र चिनिएनन् बागलुङको चैतेदशै मेलालाई पनि देशव्यापी बनाए ।
 ‘मेरो त्यो क्यासेटपछि चितवन, वुटवल, भैरहवा लगाएतका ठाउँबाट गाडिका गाडि चैतेदशै मेला हेर्न बागलुङ आए’, मल्लले त्यतिवेलाको दिन सम्झन्छन् । पोखरामा पढ्दै गर्दा परिवेश व्याण्डनै स्थापना गरेर सांगितिक क्षेत्रलाई पच्छाएका मल्ल ०६० सालमा मात्र काठमाण्डौको ढोका उघारे । मुटु छुने लुम्लेको हावाले, हातमा रुमाल हल्लाउनी नानीले, भोटे ताल्चा मारेर छातीमा जस्ता लोक पप गीतले मल्लको सांगितिक भविश्यलाई सुनिश्चित पारेको थियो । आफ्नो एल्वम परिवेश भाग–२ नेपालको सवै भन्दा वढि विक्रि हुने क्यासेट भएको मल्ल बताउँछन् । उनको उक्त क्यासेट अहिलेसम्म २ लाख ६५ हजार प्रति विक्रि भएको रहेछ । परिरवेश–८ एल्वम ल्याउने तयारीमा रहेका मल्लले एक सय ५० भन्दा वढि गीतमा स्वर दिइसकेका छन् । उनले युके, जापान, कोरिया, हङकङ, कतार, कुवेत, प्रोचुगल, स्पेन, सिंगापुर लगाएतका १८ देशमा रहेका आफ्नो नेपाली फ्यानहरुलाई झुमाई सकेका छन् ।
एक ताका लोक दोहोरी गायक विष्णु खत्रीको हाई हाई पनि कम थिएन । लाहुरको टेपमा घन्कने जन्मु कास्मीरमा देखि मेलापातमा गाउँने भरिया दाइले, अन्तरजातीय विवाह जस्ता गीत उनैका हुन्थे । बागलुङ मल्मका खत्री दरमुकाममा लाग्ने चैते दशै मेलाको स्टेजमा गाउँदै आफ्नो सांगितिक यात्रालाई अगाडि बढाएका हुन् रे । धौलागिरि बहुमुखि क्याम्पसमा पढ्दै मेला महोत्सवमा माइक खोज्न हिड्ने खत्रीले ०५७ मा सिसा टल्केको पहिलो क्यासेट वजारमा ल्याएर आफ्नो व्यवसायीक संगित यात्राको वाटो खनेका हुन् । उनले भरिया दाईले, गंगा जमुना, दुना टपरी, कि सास चाहियो कि लास चाहियो, डालिको फुल झर्न नपरोस, जस्ता गीतहरु गाएर नेपालीको मन जित्न सफल बने । ४ दर्जन चर्चीत एल्वम दिएका खत्री पछिल्लो समय नेपाली शैनिक, न्याउली जस्तै हुन्छु, मेरो माया बढ्दो क्रममा, डाँडै माथि प्यैयु जस्ता गीतले चर्चामा रहे । उनले जापान, कोरीया, हङकङ, लण्डन, ज्रमण, फ्रान्स, डेनमार्क लगाएतका २६ देशका नेपाली सपक्ष पुगेर आफ्नो स्वरको स्वाद चखाईसकेका छन् ।
पछिल्लो समय संगितकार बिबि अनुरागिको चर्चा निकै चुलिदो छ । उनले संयौ गीतमा संगितमात्र गरेका छैनन दर्जन भन्दा वढि गीतमा स्वर पनि दिएका छन् । पोखराबाट सांगितिक करिअरलाई नै जीवन ठानेर अघि बढेका बागलुङ भकुण्डेका अनुरागिले २०६० बाट काठ्माण्डौमै रहेर संघर्ष गर्न सुरु गरेका हुन् । २०५१ मा रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र पोखरामा आफ्नै शव्द र स्वरमा दुखि मुहार आँशुले मुख धुदै बोलको लोकगीत गाएर सांगितिक पाइला चालेका अनुरागिले अहिलेसम्म ५ हजार भन्दा वढि गीतको संगित संयोजन गरिसकेका छन् भने ६ सय भन्दा वढि गीतमा संगित भरेका छन् । उनले संगित गरेका गोर्खा पल्टन, उडेर जुन छुन्छु भन्थे, जहा तिमी त्यहाँ म, तिम्रै झल्को आउँछ मेरी निर्माया, माया गर्नुको अर्थ लगाएतका गीतहरु चर्चाको शिखरमा रहे । अनुरागीका तिमी चट्टै माया, प्रभु तिम्रो, लगाएतका गीतहरु रर्चामा छन् भने दृष्टिकोण, निसानी, ऋतु लगाएतको फिल्मीका गीतहरु पनिउनका स्वरले सजिएका छन्।
लोक दोहोरी गायिका देबी घर्ती अहिले सवैको रोजाइमा पर्छिन । बागलुङको दुर्गम पाण्डवखानीबाट ०६१ सालमा गायिका बन्ने उद्देश्य बोकेर सिधै काठमाण्डौ छिरेकी घर्तीले अहिलेसम्म तीन हजार भन्दा वढि लोक दोहोरी गीतमा स्वर दिइसकेको बताउँछिन् । ०६१ मै खडक गर्वुजासंग बतासैले रुमाल फरर गीतमा युगल स्वर दिएर सांगितिक क्षेत्रमा जम्न सुरु गरेकी घर्तीको विर्सियोकी कुन्नी, मायाले मन छुन्छ, झल्को लाली ओठको, पल्के भेना वाई, फुलमा माहुरी डुल्ने बेलामा, आयो वरै लोकतन्त्र, अस्ती हास्न सिकायौ लगएतका सयौ लोक दोहोरी गीत चर्चाको शिखरमा छन् ।

पछिल्लो चरणमा चम्केका अर्का गायक तथा संगितकार हुन् बसन्त थापा । २०५९ सालमा निलो फेवा ताल एल्वम निकालेर आफ्नो क्षमता प्रदर्शन गरेका बगलुङ मल्मका थापा ०६० सालमा काठमाण्डौको यात्रा तय गरेपछि थुप्रै चर्चीत गीतहरु दिएर थुप्रै फ्यानहरु मात्र कमाएनन् राम्रो गीतहरुको रचना गरेर अर्को खुवी पनि प्रदर्शन गरे । जुनले मात्र देख्छ, डाडै विसाउनी, आज माया मसंग तरक तरक भो लगाएतका दुई दर्जन भन्दा वढि गीतहरुमा उनले स्वर दिएका छन् । उनले रचना गरेको डाँडै फुर्के सल्लो बोलको दोहोरी गीत सर्वाधिक चर्चामा रह्यो । उनीसंगै पछिल्लो समय बागलुङका स्वरुपा रासाईली, राजन ठकुरी, श्रीकृष्णवम मल्ल, आशिस अविरल, जुना श्रीष, कमल विक, श्यामस्वेत रसाइली, रामजी नेपाली, हेमराज पुन, दलबहादुर विक, लक्ष्मी भुजेल, प्रकाश सपुत निरु श्रीष लागाएतका कलाकारहरु चर्चामा छन् ।

गायक जीवन शर्माले बागलुङ संगितको सफल भूमी भएको तर्क गर्छन । शर्माले सवै जातजातीबीचको राम्रो सद्भाव, सांगितिक वातावरण, प्राकृतिक सुन्दरता भएकाले यहाबाट धरै संगितकर्मीहरु जन्मीएको बताउँदै ऐतिहासिक पृष्ठभूमि भएको पनि प्रतिक्रिया दिए । संगितकार विवि अनुरागिले वागलुङ साहित्य, संगित, कलाको उर्वरभूमि भएको वताए । अनुरागि अरु जिल्लाको तुलनामा वागलुङको यानीमाया, सुनीमाया, सोरठि, ख्याली जस्ता फरक भाकाहरु भएको र सवै जातिको आ–आफ्नै प्रकारको संकृति भएकाले पनि बागलुङबासीको संगितमा रुचि बढ्ने गरेको वताउँछन् । उनले बागलुङमा धेरै सांगितिक विकास गर्न बाँकी रहेको बताउँदै शास्त्रिय संगितको धारमा त्यति धेरै नआउनु दुःखद पक्ष भएको उल्लेख गरे । गयक विष्णु खत्रीले बागलुङको चैते दशै मेलाले धेरै गायक गायिका जन्माएको वताउँछन् । उनले भने –‘लोक दोहोरीकै उत्पत्ती सिसाखानीबाट भएको भन्ने पनि एक खालको तर्क छ, जे भए पनि बागलुङ कलाको हिसावले धनी ठाउँ हो ।’

प्रतिक्रिया