Bisal Chautari Logo

कन्डमको बिक्री भ्यालेन्टाइन डे मा दोब्बर हुने संका

- १ फाल्गुन २०७०, बिहीबार १८:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १ फागुन ।
प्रेम दिवसका रुपमा चिनिएको ‘भ्यालेन्टाइन डे’ का दिन गुलाबको फूल, उपहारका सामग्री, कार्ड, चक्लेटलगायतको माघ बढ्नु नौलो होइन । तर, यस वर्षको भ्यालेन्टाइन डेको दिन आउन अगाडीका दिन देखी नै कन्डम र यौन उत्तेजना बढाउने औषधि समेत व्यापार ह्वात्तै बढेको पाइएको छ । र भ्यालेन्टाइन डे का दिन अझ बढि व्यापारमा दोब्बर हुने आसंका गरिएको छ ।
अन्य दिनको तुलनामा भ्यालेन्टाइन डेमा कन्डमको बिक्री दुई गुणासम्म व्यापार झन्डै ४० प्रतिशतले बढेको औषधि व्यवसायीहरुले बताएका छन् । गत वर्ष देखी भ्यालेन्टाइन डे का दिन आउन सुरु भएपछि व्यापक रुपमा बढ्न थालेको कन्डम हाउसमा अन्य दिनमा भन्दा बिक्रि बढेको हो ।
कन्डम खरिद गर्नेमा अधिकांश ३० वर्षसम्मका युवा रहेको औषधि पसलेले जनाएका छन् । भत्तपुर कमल विनायकमा रहेको गौतम फार्मेसीका सञ्चालक कमल गौतमका अनुसार अन्य दिनभन्दा बिहीबार कन्डम र भियग्राको व्यापार निकै बढेको छ । उनले भियग्राको व्यापार झन्डै ५० प्रतिशतले बढेको र कन्डमको व्यापार ७० प्रतिशतले बढेको जानकारी दिए । ‘अन्य दिनमा भियग्रा पुग नपुग १५ वटा बिक्री हुन्थे तर २३ वटा बिक्री भयो,’ उनले भने, ‘कन्डम अर दिन ४० प्याकेटको हाराहारीमा बिक्री हुनेमा आज ८३ प्याकेट बिक्री भएको छ ।’ अझ भ्यालेन्टाइन डेको दिन बेच्ने नभएको बताए ।
पश्चिमा देशमा मनाइने भ्यालेन्टाइन डे नेपालमा पनि युवामाझ बढी लोकप्रिय भएकाले यो दिन गिºटका साथै कन्डम र भियग्राका खरिदकर्ता पनि युवा नै धेरै भएको औषधि व्यवसायी संघले पनि जनाएको छ । कन्डको बढ्दो बिक्रीबाट भ्यालेन्टाइन डे मा युवायुवतीले अन्य दिनको तुलनामा बढी यौनसम्पर्क राख्ने गरेको पुष्टि हुन्छ । भ्यालेन्टाइन डेको दिन नेपालमा मात्र होइन, अन्य देशमा पनि कन्डम र भियग्राको व्यापारमा वृद्धी हुने गरेको पाइन्छ । भारतको पपुलेसन हेल्थ सभिर्सको तथ्यांकअनुसार भ्यालेन्टाइन डेको दिन अन्य दिनको तुलनामा २५ देखि ३० प्रतिशत बढी कन्डम र भियग्रा बिक्री हुने गरेको छ ।
यहि कुराहरुलाई मध्ये नजर राख्दै पुलिसले युवा युवति जोडिहरुलाई भ्यालेटाइन डेको दिन कडा निगरानिमा राख्ने भएको छ ।

add

प्रतिक्रिया