Bisal Chautari Logo

यसरी मनाए कलाकारले भ्यालेन्टाइन डे

- २ फाल्गुन २०७०, शुक्रबार १३:२६ मा प्रकाशित


ब्रेकर : हरेक वर्षमा जस्तै यस वर्षपनि धेरै कलाकारहरु आ–आफ्नै कार्यक्रमहरुमै व्यास्त हुने बताए ।
चर्चित गायक राजेश पायल राइले भने–‘मेरो अहिले सम्म बिवाह नभएको एउटा कारण यो पनि हो की, मैले चाहदा चाहदैपनि भगवान्ले मेरो लागी केटी नै पठाउनु हुन्न ।’ त्यसैले यस वर्षको भ्यालेन्टाइन डे आफ्ना साङ्गीतिक क्षेत्रका फ्यानहरुलाई नै बाट्ने छु ।’
विशाल चौतारी समाचार
काठमाडौं, २ फाल्गुन । हरेक वर्ष साचो प्रेमका लागी १४ फेब्रुअरी अविवाहित होस् या विवाहित सबैलाई एक महत्वपुर्ण दिन हुने गर्छ । यस्तै कलाकारीता क्षेत्रमा कलाकारहरु यस वर्ष १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइनमा विशेष कसरी मनाइरहेका छन् ? यही विषयमा केही कलाकारहरुसंग गरिएको कुराकानिको अंश :
राजेश पायल राई : पछिल्लो समय ‘दर्शन नमस्ते २’ ल्याएर चर्चामा रहेका अनि विशेष गरेर अविवाहित भएका कारणलेपनि चर्चामा आइरहने नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक राजेश पायल राई यस वर्षको भ्यालेन्टाइन आफ्नो फ्यानरुसंग मनाएका छन् । उनले भ्यालेन्टाइन बिशेष कार्यक्रमको क्रममै दुबईमा रहेका आफ्ना फयानहरुलाई भ्यालेन्टाइन विस गरेका छन् । भ्यालेन्टाइन बिशेष कुराकानिको क्रममा गायक पायलले यस वर्षको भ्यालेन्टाइन राम्रोसंग मनाउन चाहेपनि पुरा हुन नपाएको बताए । गायक पायलले भने–‘ मेरो अहिले सम्म बिवाह नभएको एउटा कारण यो पनि हो की, मैले चाहदा चाहदैपनि भगवान्ले मेरो लागी केटी नै पठाउनु हुन्न ।’ यस वर्षको भ्यालेन्टाइन डे आफ्ना साङ्गीतिक क्षेत्रका फ्यानहरुसंगै मनाएको उनले सियर गरे ।
सुनिता दुलाल : नेपाली लोक दोहोरी गीत तथा तिजको अवसरमा विशेष रुपले चर्चामा रहने गरेकी गायीका सुनिता दुलालपनि अविवाहितै छिन् । उनलेपनि यस वर्षको भ्यालेन्टाइनमा पनि आफ्नै फ्यानहरुसंग मनाएको बताएकी छिन् । ‘डुम्रे महोत्सवको अवसर पारेर गायिका दुलाल आफ्नै फ्यानहरुसंग भ्यालेन्टाइन मनाएको विशाल चौतारीसंगको कुराकानिमा बताइन् । देश तथा विदेशका कार्यक्रमहरुमा धेरै व्यास्त रहने गरेका गायीका दुलाल अझै केही वर्ष आफ्नो लागी भ्यालेन्टाइन आफुलाई नलाग्ने बताउछिन् । उनी आज बिहान मनकामना मन्दिरको दर्शन गरेर महोत्सवमै व्यास्त रहको बताइन् ।
दिपक लिम्बु : केही समय अगाडीदेखी नेपाली पाश्र्व गायनमा जमिरहेका गायक हुन्, दिपक लिम्बु । नेपाली तारा समेत बनिसकेका गायक लिम्बु बिवाहित रहेका छन् । नेपाली तारा बन्नु भन्दा पहिल्यै प्रेम बिबाह गरीसकेका गायक लिम्बु भ्यालेन्टाइन स्पेशल चाहि नमनाउँने गरेको बताए । गायक लिम्बुले भने –‘म खासै प्रेममा कुनै महत्वपुर्ण दिन हुन पर्छ जस्तो लाग्दैन ।’ तर आज भ्यालेन्टाइन स्पेसल कार्यक्रमका लागी इलाममा रहेको बताउदै गायक लिम्बुले आफ्ना फ्यानहरुलाई गीत सुनाएर मनाएको बताए । बोल्ने क्रममा श्रीमतीलाई सम्झिदै भने ‘उनलाई ह्याप्पि भ्यालेन्सटाइन डे भन्न चाहान्छु ।’
आस्था रावत : हरेक कलाकारहरु जस्तै पछिल्लो समयमा फरक स्वरका कारण चर्चामा रहेकी गायिका आस्था रावतपनि बिशेष रुपमा भ्यालेन्टाइन स्पेशल कार्यक्रममै व्यास्त रहेकी छिन् । आफु भ्यालेन्टाइन बिशेष कार्यक्रमका लागी नारायणगडमा रहेका गायिका आस्थाले बताइन् । यस वर्षको भ्यालेन्टाइट नेपाली साङ्गीतिक फ्यानहरुका लागी समर्पित गरेको कुराकानिको क्रममा बताइन् । आफुले अहिले सम्म ब्वाइफ्रेन्ड नबनाएको बताउदै आस्थाले प्रेम सुरुवात तथा बढाउनको लागी भ्यालेन्टाइन नै आवश्यक नपर्ने आफ्नो धारणा रहेको बताइन् । अगाडीका वर्षको भ्यालेन्टाइनमा आफुलाई धेरै जनाको प्रेम प्रस्ताव आएपनि आफ्नो लागी केही वर्ष अझै भ्यालेन्टाइन नआउने पनि ठोक्वा गरिन् । 
रोहित रुम्बा : पछिल्लो समयमा निकै चर्चामा रहेको चलचित्र ‘तोरी लाहुरे’का अभिनेता रोहित रुम्बा यस वर्षको भ्यालेन्टाइन स्पेसल केही नभएको बताए । उनले आफ्नो एक वर्ष अगाडी केहि कारणले छुटेको सम्वन्धलाई नै आफुले कुरेर बसिरहेको बताए । भने–‘हाम्रो करिव ७ वर्ष लामो प्रेम सम्वन्धलाई तोडेर गएपनि म तिम्रै प्रतिक्षामा रहेको छु । यदि मेरो प्रेम साचो हो भने, उनले मलाई आज भ्यालेन्टाइन डे स्पेसल विस गर्नेछिन् ।’ अहिले चलचित्र तोरी लाहुरे चल्न लागेकाले बढि जसो सोही काममा व्यास्त रहेको रुम्बाले कुराकानिमा बताए ।

प्रतिक्रिया