Bisal Chautari Logo

शान्तिरामको एकल संगीतमा यलम्बर गायन प्रतियोगीता विजेता NISHCHAL RAI एल्बमको तयारीमा

- ६ असार २०७१, शुक्रबार १०:५९ मा प्रकाशित


Nishchal Rai yalamber sangit partiyogitaka 2014 Winner
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ६ शुक्रबार । पछिल्लो समय साङ्गीतिक क्षेत्रमा लागेका युवाहरुको जमातले नेपाली साङ्गीतिक क्षेत्रमा ठुलो योगदान पुगेको छ । यस्तै नेपाली साङ्गीतिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले नै नव गायक निश्चल राई आफ्नो पहिले एल्बमको तयारीमा रहेका छन् । वरिष्ठ संगीतकार शान्तिराम राईको एकल संगीतमा बन्न लागेको एल्बमको नाम ‘प्रयास–१’ रहेको छ ।Nishchal Rai and shantiram rai
केही दिन अगाडी मात्र निश्चल राई किरात राई संस्कृतीक कलाकार संघ केन्द्रिय कार्यसमितीद्धरा आयोजित ‘यलम्बर संगीत प्रतियोगीता–२’ बिजेता बनेका थिए । आफु बिजेता भएपछि विशाल चौतारीसंग कुराकानी गर्दै –‘सबैजनाले एल्बम ल्याउन आग्रह गर्नु भएकालेपनि एल्बमको तयारीमा लागेको हु । यसमा सबै जनाको मलाई अहिले सहयोग तथा सल्लाहको खाचो छ’, निश्चलले बताए ।

Nishchal Rai (1)
                               Nishchal Rai yalamber sangit partiyogitaka 2014 Winner

‘यलम्बर संगीत प्रतियोगीता–२’ बिजेता बन्न भन्दा अगाडीपनि युनाइटेड एजुकेशन फउण्डेसन र रेडियो कान्तिपुरको संयुक्त प्रस्तुतीमा सञ्चालित कार्यक्रम युनाइटेड म पनि केही गर्न सक्छु मा २०६८ साल भरी राष्ट्रव्यापी रुपमा सञ्चालित गायन प्रतियोगीतामा प्रथम हुदै ‘लिसर्नस ट्यालेन्ट अवार्ड २०६८’ बनिसकेका छन् । त्यसपछि मात्र आफु औपचारीक रुपमा संगीतमा लागेको गायक निश्चलले बताए । Nishchal Rai (2)
आफ्नो बालापनको बारेमा संगीत सम्वन्धि कुराकनी गर्दै गायक निश्चलले भने –‘गायनमा लाग्ने बच्चैदेखी रहर थियो । घरपरिवारमा प्राय सबै राम्रो गाउनुहुन्छ । त्यसमापनि मेरो बाबा (दिवाकर राई), धेरै राम्रो संगीत ज्ञान लिनु भएको छ । र गीत साह्रै राम्रौ गाउनु हुन्छ । संगीतमा म लाग्नुको मुख्य श्रेय मेरो घरपरिवारसंगै बाबालाई नै बढि श्रेय जान्छ’, निश्चलले बताए । स्कुलको प्रतियोगीतात्मक कार्यक्रमहरुमा प्यारोडी गीतहरु बनाएर गाउदा सधै प्रथम हुने गरेको उनले सुनाए । जिल्लामा हुने सानातिना प्रतियोगीताहरुमा पनि अगाडी हुन्थे–निश्चलले बताए । वरिष्ठ संगीतकार शान्तिराम राईको २३ औ हुने एकल एल्बमको गीतहरु रेकर्डीङ यही असार अन्तिमबाट हुने गायक निश्चलले बताए ।

ad

प्रतिक्रिया