Bisal Chautari Logo

प्रवेशमानले ल्याए नौ वर्षको अन्तरालमा एल्बम

- ३ फाल्गुन २०७०, शनिबार १५:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ३ फागुन ।
कुनै जमानाका चचिर्त गायक प्रवेशमान शाक्य पुन: पुन आफ्ना श्रोताहरुको चाहनालाई नियाल्दै पुन: करिव ९ वर्षपछी एल्बम लिएर आएको छन् । भ्यालेन्टाइ डेको दिनलाई विशेष पारेर एल्बमको शुक्रबार राजधानीमा एक समारोहका बीच बिमोचन गरीएको थियो । एल्बमलाई मिस नेवा: अलिशा बज्राचार्यले विमोचन गरेकी थिईन् ।
भ्यालेन्टाइन डेको अवसरमा रिलिज गरिएको मौकामा गायक शाक्यले आफ्ना पिताका गीत सहित आफ्ना धेरै गीतहरुपनि गाएका थिए । विमोचित भएको एल्बममा १४ वटा गीत समावेश गरीएको छ । एल्वममा समावेश सबै १४ वटा गीत प्रेम भाव समेटिएकाले १४ फेबुरअरी अर्थात् प्रेम दिवसका अवसरमा एल्बम रिलिज गरेको गायक शाक्यले बताए । विमोचन समारोहमा गायक शाक्यले एल्बमका केही गीत पनि गाएका थिए । उनले एल्बमको शीर्ष गीत ‘मैले जानिनँ’ लगायतका गीत गाएका थिए । नेप्लीज फेसन होमको आयोजनामा भएको विमोचन समारोहमा विभिन्न क्षेत्रमा सकृय रहेको व्यत्तित्वहरुको उपस्थित थियो ।

प्रतिक्रिया