Bisal Chautari Logo

‘गुन्डे’को दुई दिनको कमाई ४१ करोड (फोटो फिचर सहित)

- ४ फाल्गुन २०७०, आईतवार १७:०३ मा प्रकाशित


मुम्बई : यशराज ब्यानरको पछिल्लो चलचित्र ‘गुन्डे’को रिलिजको दुई बितिसक्दा पनि चलचित्रका कलाकाहरु भने प्रचारमै व्यास्त रहेका छन् । चलचित्रका मुख्य कलाकाहरु रणवीर सिंह, अर्जुन कपुर, प्रियंका चोपडा र इरफान खान चलचित्रको प्रोमोशनमा व्यास्त रहेका हुन् ।
चलचित्रले गत शनिवारको दिन १३.२५ करोड भारुको कमाई गरेको थियो । चलचित्रको दुई दिनको कमाई भारतमा २९.३७ करोड भारु भएको छ । अन्य देशहरुको कलेक्सन दुई दिनको १२.१० करोड भारुको कलेक्सन चलचित्रले गरेको छ । चलचित्रको दुई दिनको कमाई विश्वभरीको कलेक्सनलाई जोड्दा ४१.४७ करोड भारुको कमाई गरेको छ ।
चलचित्रको प्रोमोशनको विषयमा भन्नु पर्दा प्रर्दशन हुन भन्दा पहिला धेरै राम्रो गरिएको थियो, अनि चलचित्र प्रर्दशन भइरहदा पनि प्रोमोशनको क्रम जारी रहेको छ । भारतमा भएका प्राय छोटो पर्दामा प्रसारण हुने हरेक रियालिटी सोहरु देखी लिएर मिडियामा अन्र्तवार्ता दिएर प्रोमोशनमा लागीरहेका छन् । पछिल्लो समयमा चलचित्र ‘गुन्डे’को टिम मुम्बईको गेटी सिनेमामा आयोजना भएको कार्यक्रममा चलचित्रको प्रोमोशनमा व्यास्त रहेका थिए ।

add

प्रतिक्रिया