Bisal Chautari Logo

पल शाहको वास्तविक जीवनसँग मिल्दो ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ फिमेल भर्सन

- २८ बैशाख २०८०, बिहीबार २०:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख २८, बिहिवार ।
अभिनेता पल शाहले थुनामुक्त भएपछि निर्माण तथा निर्देशन गरेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ फिमेल भर्सन आज बिहीबार युट्युबमा सार्वजनिक गरिएको छ । गीतको शब्द तथा संगीत पुष्पन प्रधानको छ भने आवाज अनु चौधरीको छ । पलकै युट्युब च्यानलमा रहेको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी प¥यो’को फिमेल भर्सनको यो गीत शाहको पछिल्लो एक वर्षको वास्तविक जीवनमा आधारित देख्न सकिन्छ ।

पल थुनामा लगिएदेखि रिहा भएपछिको कथावस्तुसम्म समावेश गरिएको यो गीतको भिडियोमा परिवारको मनोदशा, नजिकका साथिभाई र पललाई कुर्ने विभिन्न भाषाभाषि तथा धर्मालम्बि फ्यानहरुको प्राथना देख्न सकिन्छ । अभिनेत्री सूर्यमाला खनालले यसमा पलकी आमाको भूमिकामा अभिनय गरेकी छन् भने बुवाको भूमिकामा प्रकाश अधिकारी छन् । त्यस्तै मोडल सनिशा भट्टराईपनि पलको रोमान्स देख्न सकिन्छ ।

भिडियोको सुरुमा हतकडी लगाएर प्रहरीले लगेको दृश्यमा पललाई देख्न सकिन्छ । पलले भिडियोमा लगाएको पहिरण वास्तविक जिवनमै प्रहरी हिरासतमा हुदा लगाएका थिए । गत फागुन १४ गते उच्च अदालत पोखराले पललाई सफाई दिने फैसला सुनाएको थियो । लगतै उनी तनहुँ जिल्ला कारागारबाट फागुन १५ गते रिहा भएका थिए ।

प्रतिक्रिया