Bisal Chautari Logo

राजेशको एल्बम र तिब्बतको गजल संग्रह एकसाथ विमोचन

- २ असार २०७१, सोमबार ०२:३६ मा प्रकाशित


Rajesh Thapa albam kehi kadha kehi full and tibbat darlami gajal
विशाल चौतारी समाचारRajesh Thapa albam kehi kadha kehi full and tibbat darlami gajal (1)
काठमाडौं, २०७१ असार, २ सोमबार । नेपाली साङ्गीतिक क्षेत्रमा निकै लामो समयदेखी सकृय रहेका संगीतकार गुरु राजेश थापाको एकल संगीतमा ‘केही काँडा केही फुल’ नामक एल्बम र नेपाली गजल लेखनका पछिल्ला समयका सकृय गजलकार तिब्बत दर्लामीको गजल संग्रह ‘सम्बोधन’ एकसाथ विमोचन भएको छ । काठमाडौमा केही दिन अगाडी एक औपचारीक कार्यक्रमको आयोजना गरी एल्बम र गजल संग्रहको एकसाथ रुपमा विमोचन गरिएको थियो ।
यस दुई कृतीहरुको एकसाथ रुपमा विमोचन गजलकार तथा कार्यक्रमका प्रमुख अतिथी डा. कृष्णहरी बराल, ललिजन रावल, दिपक लिम्बु, प्रदिप ढकाल, रमेश पौड्याल, विना तामाङ, गैरे सुमन लगायतले एकसाथ सामुहिक रुपमा विमोचन गरेका थिए ।
दुई कृती बिमोचन समारोहपछी पछिल्लो समयका व्यास्त गायिका श्रेयसी चेम्जोङले विमोचित एल्बममा रहेको गीत ‘आज किन’ बोलको गीत गाएर सुनाएकी थिइन् । गायिका श्रेयसीले सो गीत प्रस्तुत गरेपछी गीतको संगीतलाई सबै उपस्थितहरुले मनपराए । कार्यक्रममा प्रमुख अतिथी बरालले एल्बमका गीतहरुको बारेमा टिप्पणी गर्दै एल्बमका गीतहरु राम्रा बनेको र हरेक संगीतमा नेपाली संगीतका श्रोताहरुले फरक स्वाद पाउने बताए । कार्यक्रममा बराल सहित अन्य अतिथीहरुले गिति एल्वम र गजल संग्रह प्रकाशित गरेको बधाइ दिनुका साथै केही टिप्पणी गरेका थिए । Rajesh Thapa albam kehi kadha kehi full and tibbat darlami gajal (2)
संगीतकार राजेश थापाको ९ गीत र १ म्युजिक ट्रयाक समावेश एल्बममा तिब्बत दर्लामी, शान्ति पाख्रिन तामाङ, पद्मा लिङ्खा मगर, सन्दीप ढकाल, नवराज बुढाको शब्दहरु रहेको छ भने दिपक लिम्बु, श्रेयसी चेमजोङ, निशा देशार, जगदीश समाल, अन्जु पन्त, मिलन अमात्य, सागर अबिरल, शुसी चाम्लिङ र कृष्ण रानाको स्वर रहेको छ । एल्बमको मुख्य तिन सय रुपैया रहेको छ ।
उता तिब्बतको गजल संग्रह ‘सम्बोधन’मा ७१ ओटा गजलहरु समावेश गरिएको छ । उनको यस भन्दा अगाडी पल्लवी रातहरु नामक मुक्तकसंग्रह संयुक्त रुपमा र अन्य एल्बमहरुमा गजलहरु प्रकाशित भइसकेको छ । उनको यस गजल संग्रहको मुल्य १५० रहेको छ ।

ad

प्रतिक्रिया