Bisal Chautari Logo

ब्लकबस्टर ‘छक्का पञ्जा ४’ले मनायो ५१ औं दिन

- ९ बैशाख २०८०, शनिबार २१:३९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख ९, शनिवार ।
गत बर्ष ०७९ को फागुन १९ गतेदेखि प्रदर्शनमा आएको ब्लकबस्टर सिरिज फिल्म ’छक्का पञ्जा ४’ले प्रदर्शनको ५१ औं दिन सफलताका साथ पार गरेको छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मले शनिबार देशभरका १६ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो ।

नेपाली फिल्मले यसरी हलमा ५१ औं दिन मनाउनेको संख्या गन्यमा रहेको छ । यो फिल्मले घरेलु बक्स अफिसमा २० करोड नजिकको ग्रस कलेक्सन गरेको आंकडा छ । ‘छक्का पञ्जा’को यसअघिका तीन श्रृंखला पनि घरेलू बक्सअफिसमा सुपरहिट भएका थिए ।

दीपक–दीपाको टीमले चौथो सिरिजसम्म आइपुग्दा ’छक्का पञ्जा ४ बाट’ दर्शकलाई वर्तमान समाज र राजनीतिक अवस्थालाई व्यंग्य गरेका छन् । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्ने बुढा), बुद्धि तामाङ, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, निर्मल शर्मा, शिशिर बाङ्गदेल लगायतका कलाकारको अभिनय छ ।

हेमराज विसीद्वारा निर्देशित यो फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका हुन् । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया