Bisal Chautari Logo

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ ट्रेलर सार्वजनिक : विवाह गर्न सरकारी जागिर !

- १० चैत्र २०७९, शुक्रबार १८:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत १०, शुक्रबार ।
दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टार फिल्म ‘बिहे पास’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार बुढासुब्बा डिजिटल मार्फत ट्रेलर सार्वजनीक गरिएको हो । करिब ३ मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त, विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई देखाएको छ । विवाह गर्नैको लागि लोकसेवाको परीक्षा दिएर सरकारी सेवामा नाम निकाल्न मुख्य पात्र दयाहाङले गर्ने संघर्ष र जालझेलको कथा फिल्मको ट्रेलरमा देख्न सकिन्छ ।

नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शन हुने फिल्मको निर्देशन प्रबेश पौडेलले गरेका हुन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा दयाहाङ र प्रकृतिलाई प्रेमीप्रेमीका हुदै पतिपत्नी बनेकोसम्म देखाइएको छ । कमेडी,सेन्टिमेन्टस र सस्पेन्सले भरिभराउ लाग्ने ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ बर्षको उपहार स्वरुप प्रदर्शन गर्न लागेको निर्माण पक्षले. जनाउदै आएको छ ।

प्रतिक्रिया