Bisal Chautari Logo

त्रिशला गुरुङको स्वरमा ‘घाम छाँया’ सार्वजनिक, मलिका र सोनल फिचर्ड

- ६ चैत्र २०७९, सोमबार १७:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत ६, सोमबार ।
‘घाम छाँया’ बोलको म्युजिक भिडियोको फिमेल भर्सनको भिडियो सार्वजनिक गरिएको छ । टुनाबेल थापाको शब्द रचना तथा संगीत रहेको गीटमा डाक्टर त्रिशला गुरुङको स्वर सुन्न सकिन्छ ।

नोभिस आट्र्सले निर्माण गरेको गीत भिडियोमा अहिलेकी चर्चित मोडल तथा अभिनेत्री मलिका महत र सोनल तामाङ फिचर्ड छन । भिडियो लाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन । घाम छाँयाको मेल भर्सन लाई दर्शकले अत्यधिक मन पराए पछि यसको फिमेल भर्सन गीतको भिडियो निर्माण गरेको नोभिस आट्र्सले बताएको छ ।

प्रतिक्रिया