Bisal Chautari Logo

सलोन सलिना फिल्मसको ‘जय हो’ निर्माण घोषणा || सलोनका लागी नयाँ यात्राको सुरुवात

- ३ चैत्र २०७९, शुक्रबार ११:५१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत ३, शुक्रबार ।
सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘जय हो’को निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा घोषणा गरिएको हो । टेक पौरखी राईको निर्देशन रहने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, नीशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, रोहित रुम्बा लगायतको अभिनय रहनेछ ।

फिल्मको घोषणा कार्यक्रममा सलोन बस्नेतले ‘जय हो’बाट आफूले नयाँ यात्राको सुरुवात गर्न लागेको बताए । सलोनले भने, ‘अब नयाँ तरिकाले काम गर्नुपर्छ भन्ने लागेको छ । मैले ‘होस्टेल’मा काम गरेको पनि १० वर्ष भएछ । यो अवधिमा मैले जति पनि फिल्म गरेँ, त्यसबाट सिकेका कुरालाई जोडेर ‘जय हो’बाट नयाँ यात्राको सुरुवात गर्ने सोचेको छु । हामी राम्रो फिल्म बनाउने कोसिसमा छौं ।’

द्धन्द्व सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह रहने फिल्मका निर्माता शोभित बस्नेत हुन्न भने निर्माण संयोज सुवास दुखी रहेका छन् । चैत्र ५ देखि फ्लोरमा जाने फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममन शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहने फिल्म आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार हुन् ।

प्रतिक्रिया