Bisal Chautari Logo

पल शाह ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतको फिमेल भर्सनबाट म्युजिक भिडियोमा पुनरागमन गर्दै

- २ चैत्र २०७९, बिहीबार २२:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत २, बिहिबार ।
दर्शकबाट रियल हिरोको उपाधी पाएका अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा दर्शकमाझ पहिलो चोटि सहभागी भएका छन् । रुकुममा जारी महोत्सवमा सहभागी हुन उनी बुधबार खलंगा पुगेका थिए । बहिनी रोशनी शाहसँगै हेलिकप्टर चढेर पल त्यहाँ पुगेका थिए ।

पललाई हेर्न उर्लिएका हजारौं दर्शकका कारण स्टेजसम्म पुग्न कठिन रहेको थियो । पलले रुकुम आफ्ना लागि प्रिय रहेको भन्दै, जेल जीवनको अनुभव पनि बाँडेका थिए । उक्त अवसरमा पलले अब आफू म्युजिक भिडियोमार्फत अभिनयमा पुनरागमन गर्न लागेको घोषणा समेत गरे । एक वर्षअघि नै पल शाह अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको ‘तिमीलाई हेर्ने बानी प¥यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए । दर्शकले भीडबाट फिल्ममा पनि चाँडै फर्कनुपर्छ भनेर हुटिङ गर्न थालेपछि चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए ।

महोत्सवमा पलले आफू अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’को चर्चित गीत ‘तिम्रो घरको वरिपरि’ गाएर सुनाएका थिए । गत महिना तनहुँ कारागारबाट रिहा भएपछि पल घरमै पारिवारिक समय बिताइरहेका छन् ।

प्रतिक्रिया