Bisal Chautari Logo

‘तोरी लाहुरे’द्धरा अनाथ बाल–बालिकालाई सहयोग (फोटो फिचर सहित)

- ५ फाल्गुन २०७०, सोमबार १७:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ५ फागुन ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सिनेमाको प्रर्दशन मुखमा पव्लिसिटीको कारणले सामाजिक काममा धेरै फाइदा पुगेको छ । यस्तै क्रममा चलचित्र ‘तोरी लाहुरे’ युनिटले पनि काँडाघारीमा रहेको सृजनशील बाल गृहमा रहेका अनाथ बाल–बालिकाहरुलाई सहयोग गरेको छ । सोमबार सोही बाल गृहमै पुगेर चलचित्र ‘तोरी लाहुरे’को का मुख्य कलाकारहरु रोहित रुम्बा, गजित बिष्ट, आशिस्मा नकर्मि, समुना केसी, निर्देशक एन.बि.महर्जन, निर्माता दिन कुमार तामाङ ‘वाले’, लगायत कलाकारहरुले औपचारीक रुपमा सहयोग प्रदान गरेका थिए । 
आउदो फागुन २१ गते बाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘तोरी लाहुरे’ले युनिटका कलाकारहरुले सहयोग प्रदान मात्र गरेनन्, ति बाल–बालिकाहरु संग लामै समय रमाइरहेका थिए । सो बाल गृहमा रहेका १६ जना अनाथ बाल–बालिकाहरु चलचित्रको पर्दामा देखिरहेका कलाकारहरु संग खेल्न पाउदा रमाईरहेका देखिन्थे । चलचित्र कलाकारहरुले सो बाल गृहका बाल–बालिकाहरुलाई  रासन तथा अन्य खाद्यान्न सामग्रीहरु, चकलेट तथा खाने कुराहरु वितरण गरेका थिए । सोहि क्रममा बालबालिकाहरु चलचित्रका कलाकारहरु संग फोटो खिचाउँनमा पनि व्यास्त रहेका थिए ।
बालबालिकाहरु संग निकै रमाइरहेका चलचित्र ‘तोरी लाहुरे’का एक अभिनेता तोहित रुम्बा बालबालिकाहरुलाई यस्तो किसिमले सहयोग गर्न पाउदा धेरै खुसी लागेको बताए । रुम्बाले भने–‘म यहि चलचित्र क्षेत्रमै सकृय रहिरहे म सधै यस्तै किसिमका सामाजिक कामहरुमा सकृय रहीरहने छु ।’ 


 

add

प्रतिक्रिया