Bisal Chautari Logo

संचारकर्मी भिषणको डिजे सम्बन्धि पहिलो पुस्तक सार्वजनिक

- २८ जेष्ठ २०७१, बुधबार १२:१३ मा प्रकाशित


bhisan rai
प्रदीप मेन्याङ्बो
धरान, २०७१ जेठ २८ बुधवार । सुनसरीको धरानबाट एक दशक अघिदेखि पत्रकारिता सुरु गरेका भीषण राईले डिजेइङ सम्बन्धि पुस्तक ‘हामी डिजे’ बजारमा ल्याएका छन् । संगितको एउटा पाटो मानिएको र युवापुस्ताले अधिक मनपराउने डिजेइङ र डिजे सम्बन्धि उक्त पुस्तक नेपालकै पहिलो हो ।bhisan rai
युवा संचारकर्मी राईले एक बर्ष सम्म डिजेइङ सम्बन्धि खोज अनुसन्धान गरी उक्त पुस्तक तयार पारेको बताएका विशाल चौतारीलाई बताएका छन् । आमसंचार र पत्रकारितामा स्नातकोत्तर गरेका राईले पुस्तक तयार गर्नका लागि नेपालका सवै डिजेहरुलाई भेटेर सो सम्वन्धि अध्ययन गरेका छन् । नेपालका पहिलो डिजेदेखि पछिल्लो पुस्ताका डिजे गरी ८० जना डिजेको प्रोफाइल र समेट्न नसकिएका ३ सय बढीको नामावली समेटेका छन् । पुस्तकमा डिजेको विश्वको इतिहास, विश्वका चर्चित डिजेका प्रोफाइल, नेपालमा डिजेको विकास, डिजे पार्टी हुने महत्वपुर्ण शहर र स्थल, अवस्था, पहिलो डिजे तेन्जिङसंगको कुराकानी र पुराना डिजे डि याक्खाको संस्मरणलाई समेत पुस्तकमा समेटिएको छ ।
डिजे विनाका कुनै पनि पार्टी आजकल उति हुन छाडेका छन् । पुस्तकका लेखक राईले त्यसैलाई आधार बनाएर पुस्तक तयार पारेको सन्दर्भमा भने, ‘अब डिस्को कुनै बन्द कोठा वा खुल्ला चौरमा मात्र सिमित रहेन । कुनै पनि कार्यक्रमका लागि उनीहरु विषेश भूमिका निभाउन थालेका छन् । डिस्कोबाट सुरु भएको डिजेइङ अहिले पार्टी प्यालेस, विहे बटुलो देखि गाउँघरको सांघेहरुमा पनि आवश्यकता पर्न थालेको छ ।’
नेपालमा ४० को दशक देखि डिजेको विकास भएको र ६० को दशकमा संचार प्रविधिको विकाससंगै ह्वात्तै बढेको पाइएको लेखक राईले बताए । उनले भने, ‘मैले तिनै कुरालाई पुस्तकमा समेटेको छु । डिजे हुन चाहने र बुझ्न चाहनेहरुका लागि आफ्नो पुस्तक राम्रो श्रोत सन्दर्भ सामाग्री हुने लेखक राईले बताए । पुस्तकले नेपालमा डिजे र डिजेइङ चिनाउने प्रयास गरेको छ । पुस्तक भित्र उनीहरुको अवस्थालाई पनि उजागर गरेको छ । राईले भने, ‘डिजेहरुलाई प्रमोसन गर्ने उपयुक्त वातावरण नेपालमा त्यति नभएकाले र डिजे सम्बन्धि कुनै जानकारी दिने पुस्तक पनि नलेखिएकाले मैले एक बर्ष सम्म खोजी गरी डिजे संगितप्रेमीका लागि पुस्तक तयार पारेको हो ।’
कान्तिपुर साप्ताहिकमा नियमित प्रकाशन हुदै आएको डिजे जोन कोलमको सुरुआत पनि राईले गरेकाले पुस्तक प्रकासन गर्न प्रेरणा मिलेको राईले बताए । उनले भने, ‘म कार्यरत संस्था प्रकासन गृहले प्रकासित गर्दै आएको साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल दाईले डिजे सम्बन्धि कोलम सुरुआत गर्न अवसर दिनु भएकाले आज एउटा पुस्तक नै तयार गर्न सकें ।’

ad

प्रतिक्रिया