Bisal Chautari Logo

१०० नम्बरमा यौन संवादले प्रहरी हैरानी

- २८ जेष्ठ २०७१, बुधबार ०४:३४ मा प्रकाशित


100 number calling of police harassment of sexual dialogues
विशाल चौतारी समाचार
मोरङ, २०७१, जेठ २८ बुधवार । नेपालको अर्को व्यास्त हुने जिल्ला प्रहरी कार्यालय मोरङको सोधपुछ केन्द्रमा रहेको १०० नम्बरमा वर्षौंदेखि आउने गरेको ब्लफ कल गर्नेक्रम घट्नुको साटो झन् बढेर गएको छ । सोधपुछका लागि पैसा नलाग्ने भएपछि मोरङ प्रहरीको १०० नम्बरमा विभिन्न व्यक्तिले ब्लफ कल गरेर दिनरात हैरानी दिने गरेका छन् ।100 number calling of police harassment of sexual dialogues
ब्लफ कल गर्नु हुँदैन, यो सार्वजनिक अपराध हो भनेर सम्झाउँदा पनि ब्लफ कल गर्नेहरु मान्ने गरेका छैन । यसरी सम्झाउँदा झन् उनीहरुले हौसिएर ब्लफ कल गरेर ड्युटीमा बसेका प्रहरीहरुलाई हैरानी दिने गरेका छन् । सोधपुछ केन्द्रमा दिनमा २० देखि ३० वटासम्म ब्लफ कल आउने गरेको ड्युटीमा खटिँदै आएका हबलदार गोपाल राई बताउँछन् । उनका अनुसार पहिले तराईका विभिन्न जिल्लाबाट ब्लफ कल आउने गरे पनि आजकल भने पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, इलामतिरका मोबाइल नम्बरबाट महिलाहरुले बढी ब्लफ कल गर्ने गरेका छन् ।
ब्लफ कल गर्नेहरु प्राय: ड्युटीमा बसेका महिला र पुरुष प्रहरीहरुसँग लामो समय लगाएर पटकपटक विक्षिप्त यौन संवाद गर्ने गरेका छन् । प्राय: चोरी गरेका र भेट्टाएका मोबाइलको सिम प्रयोग गरेर ब्लफ कल गर्ने गरेकाले हैरानी दिनेलाई पक्राउ गर्न गाह्रो हुने गरेको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । उनले अब ब्लफ कल गर्नेहरुको नम्बर नै सार्वजनिक गरिदिने योजनामा प्रहरी जुटेको बताए । स्रोत : (रातो पाटि डटकम)

ad

प्रतिक्रिया