Bisal Chautari Logo

‘पलपल’ पछी लोकेन्द्रले ‘सायद तिम्रो मायामा’ ल्याए

- २७ जेष्ठ २०७१, मंगलवार १६:४७ मा प्रकाशित


Lokendra Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, २७ मंगलवार । ‘पल पलको यादमा तिमी संगै रम्न पाउँ’ बोलको गीत मार्फत नेपाली संगीतका दर्शक श्रोताहरु माझ परिचित भइसकेका गायक लोकेन्द्र राई यतिखेर फेरी पनि नेपाली संगीत बजारमा उही नेपाली संगीतका श्रोता तथा दर्शकहरुलाई लक्षित गरी गीत लिएर आएका छन् ।Lokendra Rai
पहिलो एल्बम ‘यादमा’बाट राम सिटौलाको संगीतमा ‘पल पल’ बोलको गीत पछी उनि निरन्तर संगीत अभ्यास र अध्यायनमा लागी परिरहँदा ईपीएस प्रणाली मार्फत बैदेशिक रोजगारीमा दक्षिण कोरिया पुगेका उनि संगीतलाई भने कहिल्यै साथ छोडेनन् । केहि समय अघि नेपाल आएर आफ्नो दोस्रो एल्बम र म्युजिक भिडियो तैयार परेर रोजगारीमा फर्केका छन् । ‘सायद’ एल्बमको टाईटल गीत र म्युजिक भिडियोले अहिले नेपाली दर्शक श्रोताहरुको साथ पाइरहेको छ । सायद तिम्रो मायामा डुबें म बोलको गीतलाई संगीतकार राम सिटौलाको शब्द संगीतमा तयार भएको छ । अर्जुन अधिकारीको निर्देशन तथा हरि हुमागाईको छायांकन रहेको यस म्युजिक भिडियोमा सविन श्रेष्ठ र आयुसा राईले अभिनय गरेका छन् । केहि फरक ढंगले निर्माण गरिएको यस म्युजिक भिडियोलाई एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।
पलपल जस्तै यस एल्बम र म्युजिक भिडियोले जस्तै लोकेन्द्र राई यस एल्बमले पनि चर्चा दिलाउने विस्वस्त रहेका छन् ।

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया