Bisal Chautari Logo

सेन्सरले ‘भिमदत्त’लाई प्रमाण पत्र दिएन, सिनेमा युनिटले भोली प्रेसमिट गर्दै

- ६ फाल्गुन २०७०, मंगलवार १६:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ६ फागुन ।
किसानहरुको नेताको रुपमा परिचित भिमदत्त पन्तको जिवनिमा आधारीत चलचित्र ‘भिमदत्त’लाई नेपाल चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) ले विषय माथि नै प्रश्न उठाउँदै सेन्सर पासको प्रमाणपत्र दिन अस्विकार गरेको छ ।
सेन्सर समितीका सदस्यले नेता भिमदत्तको जीवनीको बारेमा अध्ययन गरेर मात्रै सेन्सर पास गर्ने बताएको नेपाल चलचित्र संघका अध्यक्ष समेत रहेका निर्माता तथा अभिनेता नवल खड्काले बताए । चलचित्रका निर्देशक हिम ग्याप टासीले बताए अनुसार ‘भिमदत्तत्तको टाउको काटिएको लगायतका थुप्रै विषयमा उहाँहरुले अपत्ती जनाउनु भएको छ । टाउको काटिएको लगायत अन्य भिमदत्तको वास्तविक घटनालाई हामीले चलचित्रमा प्रस्तुत गर्न खोजेका छौं ।’
‘भिमदत्त’ को शिर्ष भूमिकामा प्रस्तुत भएका अभिनेता नवलले विदेशमा चलचित्रको सो गर्ने भनेर लाखौ रुपैयाँमा सम्झौता भएको बताए । अभिनेता खड्काले बताए अनुसार चलचित्र ‘भिमदत्त’लाई अमेरीका र हङकङ लगायतका देशमा शो हुने फाइनल भएको बताए । चलचित्रमा अभिनेता नवल खड्का, अभिनेत्री निशा अधिकारी र सुमिना घिमिरेको मुख्य भूमिका रहेको छ ।

add

प्रतिक्रिया