Bisal Chautari Logo

सक्षमपछि सुदिपको ‘विश्वास’

- ७ फाल्गुन २०७०, बुधबार ०६:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ७ फागुन ।
गायक सुदीप शाही ठकुरी श्रोतामाझ विश्वासका साथ आउादैछन् । यसअघि तीन एल्बम श्रोतालाई दिइसकेका ठकुरीले चौथो एल्बमका रुपमा ‘विश्वास’ ल्याउन लागेका हुन् । यस एल्बमबाट दर्शक/श्रोताको माया र हौसला पाउने विश्वाससमेत उनले लिएका छन् । ‘विश्वास’ एल्बमको म्युजिक भिडियो रिलिज गर्दै ठकुरीले भने, ‘यस एल्बमबाट श्रोता एवं दर्शकबाट माया र हौसलाको अपेक्षा गरेको छु ।’
गायक ठकुरीले ‘विश्वास’ एल्बमको ‘धेरैपछि म आको’ बोलको म्युजिक भिडियो आइतबार विभिन्न टेलिभिजनबाट रिजिल गरेका छन् । उनले अर्को साता एल्बम नै रिलिज गर्ने बताए । 
‘म्युजिक भिडियो रिलिज गरेर मात्र एल्बम रिलिज गर्ने सोच आयो’ उनले भने, ‘गीत मिडियामा छाडेर एल्बम रिलिज गर्नु उचित लाग्यो ।’ ‘धरैपछि म आको’ गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । नरेश बिरसिंहले कोरियोग्राफी गरेको सो भिडियोमा अभिनेत्री तथा मोडल दीपशिखा शाही र नरेशले  अभिनय गरेका छन् । म्युजिक भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् । गीत अनुसार म्युजिक भिडियो स्तरिय बनेकाले दर्शक तथा श्रोताले मनपराउन सक्ने शाहीको विश्वास छ ।
गायक ठकुरीले यसअघि ‘लोभै लागेछ’, सर्माउादा’ र ‘सक्षम’ एल्बम श्रोतालाई दिइसकेका छन् । पहिलो एल्बम ‘लोभै लागेछ’ को शीर्ष गीतबाट गायकको पहिचान बनाएका ठकुरीले त्यसपछि केही समय सांगीतिक क्षेत्रबाट ‘ब्रेक’ लिएका थिए ।

add

प्रतिक्रिया