Bisal Chautari Logo

श्रीकृष्ण र स्वेताको बिबाह पक्का

- २४ जेष्ठ २०७१, शनिबार ०६:३७ मा प्रकाशित


Shree Krishna Shrestha and sweta khadka marriage
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ २४ शनिवार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बुढा अभिनेताहरु बिबाह गर्नमा व्यास्त रहेका छन् । अभिनेता राजेश हमालले ५० वर्षको उमेरमा केही समय अगाडी बिबाह गरी सकेका छन् । यस्तै क्रममा अर्का अभिनेता श्रीकृष्ण श्रेष्ठपनि बिबाहको तयारीमा रहेका छन् । उनले बिबाह गर्ने पक्का जस्तै भएको छ । उनको बिबाह अभिनेत्री श्वेता खड्कासंग हुने भएको हो ।Shree Krishna Shrestha and sweta khadka marriage
नागरिक दैनिकमा प्रकाशित भाषा शर्माले लिएको एक अन्र्तवार्तामा यि दुई जोडिले बिबाह गर्ने पक्का भएको बताएका छन् । समाचारमा लेखिए अनुसार –‘संयोग, मिथिला शर्माको बिहे–चर्चा हुँदै गर्दा नै श्वेताको पनि बिहे पक्का भइसकेको थियो । बिबाहको मितिबारे भने अहिले नै टुङ्गो लागेको छैन । परिवारमा मितिबारे कुरा भइरहेको उनीहरुले बताएका छन् । टुंगो लागेपछि मिडियाबाटै आफ्ना दर्शकले थाहा पाउने अभिनेता श्रीकृष्णले बताएका छन् ।
अभिनेता श्रीकृष्णको र अभिनेत्री श्वेताको पहिलो भेट भने चलचित्र ‘कहाँ भेटिएला’ले जुराएको थियो । करिव ६ वर्ष अगाडी चलचित्रमा गरेको उनीहरुको साझेदारी कामले एकअर्कालाई नजिकबाट चिन्ने मौका मिल्यो । अन्तत: बिहेसम्म पुर्‍यायो ।

Shree Krishna Shrestha and sweta khadka marriage
आफ्नो पछिल्लो चलचित्र ‘कोहिनुर’ बमे एक दृश्यमा अभिनेता श्रीकृयण श्रेष्ठ र अभिनेत्री श्वेता खड्का । तस्बिर : फिल्म युनिट

बिहेको प्रस्ताव कस्ले गर्‍यो भन्ने बिषयमा दुबैले बोल्दै भनेका छन्–‘दुवैले एकसाथ आँखा जुधाएर भने उहाँले भन्दै चोर औंला दुवैका अनुहारतिर सोझिए । अगाडी बोलिहालिन् श्वेता ‘श्रीकृष्ण दाइको परिवारले प्रेसर दिएकाले उहाँले प्रस्ताव ल्याउनुभयो । मैले स्वीकारेँ’, अप्ठ्यारो मान्दै श्वेताले भनिन् ।
श्वेतालाई लाग्थ्यो, फिल्ममात्र खेलेर गुजारा चल्दैन । जीवनलाई सहज बनाउन केही न केही व्यापार–व्यावसाय गर्नैपर्छ । असनको नेवारी परिवारमा जन्मेका श्रीकृष्ण व्यापारमा आकषिर्त नहुने कुरै भएन। दुवैको सल्लाह मिलेपछि दुई वर्षअघि गौशालामा इन्द्रणी हिमालय होटल खोले । अभिनेत्री श्वेता अहिले इन्टेरियर–एक्सटेरियर कन्स्ट्रक्सन कम्पनीकी प्रबन्ध निर्देशक छिन् । श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानको जागिरे पनि हुन् । ‘जन्म, मृत्यु र विवाह लेखेरै आएको हुन्छ ।’ धेरैले भन्ने कथन हो यो। श्रीकृष्ण पनि यसमा सहमत छन् । चलचित्र ‘कहाँ भेटिएला’का लागि खोजेकी रिल–संगीनी यथार्थमा जीवन–संगीनी हुने भइन्,’ उनी हाँसे, ‘लेखेको भन्ने यस्तैलाई होला ! ,’अभिनेता श्रीकृष्णले बताए ।
फिल्म र आफ्नै व्यवसायका क्रममा सँगसँगै हिँड्दा अभिनेता श्रीकृष्ण–श्वेता जोडीलाई शंका गर्ने नभएका होइनन्। ‘लभ अफेयर छ छैन?’ प्राय: मिडियाबाट सोझिने यस्ता प्रश्नको सामना गर्दै उनीहर भन्थे, ”हामी असल साथीमात्रै हौं।’ उनीहरको जवाफ फेरिएको छ, ”हामी अब श्रीमान्–श्रीमती बन्दै छौं।’ बिहेपछिको उनीहरु यहि चलचित्र क्षेत्र र अहिले गरिरहेको व्यवसाय नै सम्हाल्ने बताएका छन् । सयभन्दा बढी फिल्म खेलिसकेका अभिनेता श्रीकृष्ण भन्छन्, ‘फिल्म बनाउन सजिलो छैन। फिल्म हेर्दा दर्शकले आफ्नै कथा देख्न सके भनेमात्र त्यो सफलता हो।’
ad

प्रतिक्रिया