Bisal Chautari Logo

गलत आसेपासेको घेराउमा नै मस्त महामहिम राष्ट्रपति ज्यु

- २३ जेष्ठ २०७१, शुक्रबार ०७:१७ मा प्रकाशित


महिला कलाकारलाई मात्रै उच्च महत्व ?

dipendra lama

विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ २३ शुक्रबार । पहिले अभिनेत्री गरिमा पन्तलाई कोलम्बोमा भएको सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेपछि सम्मानको ओइरो नै लागेको छ । यस्तै क्रममा हिजो बिहीबार शीतल निवासमा बोलाएरै श्री सम्माननिय राष्ट्रपति रामबरण यादव ज्युले अभिनेत्री गरिमालाई बधाई दिनुभएछ ।dipendra lama (1)
लामो समयदेखी चलचित्र पत्रकारीतामा कलम चलाउँदै आएका चलचित्र समिक्षक समाजका महासचिव दिपेन्द्र लामाले आफ्नो अफिसियल फेसबुक प्रोफाइलमा यहि बिषयमा लेखेका छन् । जुन स्ट्याटस अहिले चर्चामा रहेको छ । कमेन्टहरुपनि ओइरी रहेको छ ।dipendra lama (2)
लामाले आफ्नो फेसबुकमा लेखेका छन् : – श्री महामहिम राष्ट्रपति रामवरण यादवज्यूले कोलम्बोमा भएको सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी गरिमा पन्तलाई बिहीबार शीतल निवासमा दर्शनभेट दिनुभएछ । खुसी लाग्यो ।
तर, राष्ट्रपतिज्यूलाई अवगत भएन छ कि के हो, अन्तर्राष्ट्िरय फिल्म सर्कलमा खासै प्रतिष्ठा कमाउन नसकेको उक्त सार्क फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘साँघुरो’ले रजत पदक र निर्देशक जोयस पाण्डेले स्पेसल जुरी मेन्सन पनि जितेका थिए । यी पुरस्कार पनि खुसी मनाउन लायककै हुन् । राष्ट्रपतिज्यूले बधाई दिँदा फरक पर्दैनथ्यो । तर, अफसोस तथाकथित सल्लाहकारहरुले राष्ट्रपतिज्यूकहाँ हिरोइनलाई मात्र सिफारिस गरिदिएछन् ।
हुन त राम्रो फिल्म बनाउनेलाई राष्ट्रपतिसँगको दर्शनभेट हुनु र नहुनुले खासै अर्थ राख्दैन । तैपनि श्री ५ ज्ञानेन्द्रजस्तै महामहिम राष्ट्रपतिज्यू पनि गलत आसेपासेको घेराउमा नै मस्त त हुनुहुन्न ? शंका गर्न सकिन्छ ।’
यहि फेसबुक स्ट्याटसलाई कमेन्ट गर्दै अर्का चलचित्र पत्रकार धनबहादुर खड्काले लेखेका छन् :– नाम यहाँ नलेखौं गणतन्त्र दिवसको दिन चियापानमा उच्च महत्व दिएर बोलाइएकी भर्खर फिल्म लाइनमा छिरेकी युवतीले भनिन्, ‘मलाई राष्ट्रपतिज्यूले बोलाउनुभएको भयै छ †’ म छक्क परेँ । सम्माननीय राष्ट्रपतिले त नहोला, पछिल्ला गतिबिधि हेर्दा उनका सल्लाहकारले महिला कलाकारलाई मात्रै उच्च महत्व दिइरहेका छन् जस्तो लाग्दैछ । नत्र कुनै एंगलबाट पनि ती बोलाइने युवती राष्ट्रपतिले चिया खुवाउन बोलाउने सानो सर्कलमा पर्ने देखिदैन । स्ट्याटस हेर्नका लागी यहा क्लिक गर्नुहोस् ।

adv

प्रतिक्रिया