Bisal Chautari Logo

‘बाबरी’को ‘मायाका रंगहरु’ गीतमा धीरज नाड्करसँग रोमान्टिक अदिती

- ३० भाद्र २०७९, बिहीबार २०:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र ३० बिहिबार ।
फिल्म ‘बाबरी’को नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ बिहीबार इन्टरनेटमा रिलिज भएको छ । गीतमा सनुप पौडेल र रचना रिमालको स्वर छ भने कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् । बाबरीको गीतको भिडियो डिजिटल पार्टनर केन्द्र मोसन पिक्चरर्सको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ । तीन सातामा १२ लाख बढी भ्युज बटुलिसकेको सिनेमाको ट्रेलरमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत चार्टबस्टरमा हिट भैसकेका छन् । यी गीतले क्रमस… ५५ र ४३ लाख भ्युज पाइसकेका छन् ।

ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

प्रतिक्रिया