Bisal Chautari Logo

विदेश अध्ययन गर्न जानेका लागी शैक्षिक मेला असार दोस्रो साता

- १६ जेष्ठ २०७१, शुक्रबार ०३:१४ मा प्रकाशित


educational consultancy association of nepal

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ १६ शुक्रवार ।
नेपाल शैक्षिक परामर्श संघ(इक्यान) ले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षति गरी असार दास्रो सातादेखि आठौ शैक्षिक मेला आयोजना गर्ने भएको छ । प्लसटुपछि विदेश अध्ययन गर्न जानेका लागि पूर्वजानकारी दिन परामर्श दिन मेला आयोजना गर्ने गरेको छ ।
असार १२ देखि १५ सम्म भृकुटीमण्डपमा हुने मेलामा विद्यार्थीहरुले राष्ट्रिय र अन्तराष्ट्रिय विश्वविद्यालय, कलेज, शैक्षकि संस्थाहरुबारे परामर्श लिन सक्नेछन् । मेलामा १ सय ६० सामान्य स्टल र २० वटा प्याभिलियन रहने इक्यानका उपाध्यक्ष राचन्द्र पौडेलले जानकारी दिए । प्लसटुपछि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सत्यतथ्य जानकारी दिन मेलाको तयारी गरेका आयोजकले बिहीबार पत्रकार सम्मेलनमा बताए । एक लाख ५० हजारले अवलोकन गर्ने लक्ष्य लिएको मेलामा विभिन्न देशका कूटनीतिक नियोगहरुको समर्थन रहेको आयोजकले जनाएको छ । मेला शिक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्श, अन्तराष्ट्रिय चेम्बर अफ कमर्श, उद्योग बाणिज्य संघ, फ्रान्सेली केन्द्र, ब्रिटिस काउनिसलको समेत सहकार्यमा हुने इक्यानले जनाएको छ । त्यस्तै मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगलाई सहभागिता जनाइदिन आग्रह गरेको उनले बताए । मेलामा आउने विद्यार्थीले भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत मुलुकको कलेज र विश्वविद्यालयका जानकारी लिन सक्नेछन ।
विदेश अध्ययन प्रक्रियाबारे मेलामै सल्लाह दिन शिक्षा मन्त्रालयलाई आग्रह गरेको इक्यानका महासचिव महेशबाबु तिमल्सिनाले बताए । मेला विदेश जानेका लागि मात्र नभई स्वदेशमै उच्च अध्ययन गर्न चाहनेका निम्तिका लागि पनि करिअर काउन्सेलिङ हुने बताए । यसपटकको शैक्षकि मेला विगतभन्दा बृहत् हुने आयोजकले दाबी गरेको छ । इक्यानमा २ सय सय ६० शैक्षकि परामर्श संस्था आबद्ध छन् ।

प्रतिक्रिया