Bisal Chautari Logo

राई ईज किङको गीतमा साली भेना बने अन्जली र सुधिर

- १४ श्रावण २०७९, शनिबार २३:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन १४, शनिबार ।
नेपमेलो अष्ट्रेलियाको प्रस्तुतीमा लोकप्रिय गायक राई ईज किङ, राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाईकी कान्छी साली’को भिडियो सार्वजनिक भएको छ । यस गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको संगीत रहेको छ ।

गम्भिर बिष्टको निर्देशनमा बनेको भिडियोमा सुधिर श्रेष्ठ र अन्जली अधिकारीले भिनाजुको भाई र दाईकी कान्छी सालीको भूमिकामा अभिनय गरेका छन् । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ । यसका कोरियोग्राफर सुबोल थापा हुन् । पवन सुस्लिंगले छायांकन गरेका छन् भने नबिन निरौलाले सम्पादन एवं कलर ग्रेडिंग गरेका छन् ।

प्रतिक्रिया