Bisal Chautari Logo

प्रदिप र रेणुको प्रेममा वर्गिय विभेद : ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

- १६ असार २०७९, बिहीबार १८:५९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ १६, बिहिवार ।
रिलिजका हिसावले ‘प्रकाश’ प्रदिप खड्काको सातौं चलचित्र हो । यसअघिका हरेक चलचित्रमा उनी चक्लेटी नायककै रुपमा देखिएका थिए । यसपटक भने उनी शिक्षक बन्ने सपना देखेको जुम्लाको एक युवकको भूमिकामा देखिएका छन् ।
आफ्नो पात्रमा फिट हुन कडा मेहनत गरेका प्रदिप प्रकाशका प्रचार सामग्रीहरुमा पनि नितान्त भिन्न देखिएका छन् । बिहिबार चलचित्रको ‘जोर मैना’ बोलको गीत सार्वजनिक भयो । यसअघि आफ्ना चलचित्रका गीतमा कहिले बिदेशी भूमि त कहिले नेपालकै आकर्षक रमणिय स्थानहरुमा देखिदै आएका प्रदिप यसपटक जुम्लाको परिवेशमा प्रस्तुत भएका छन् । जुन गीतमा प्रदिपले नृत्य होइन अभिनय गरेका छन् ।
खासगरि चक्लेटी छबी बनाएका कलाकार अभिनित चलचित्रको गीत भन्दा साथ त्यहाँ नृत्यको कुरा पनि आउने गर्छ । तर, प्रदिपले ‘प्रकाश’को गीतमा गरेको अभिनयले नृत्यनै जरुरी थियो भन्ने आभाष हुन् दिन्न । बरु प्रदिप आफ्ना फ्यानहरुका लागि सप्राइज प्याकेज बनेर निस्कीएका छन् ।
सार्वजनिक गीतमा प्रदिप र रेणु योगी फिचर्ड छन् । देशमा ठुला ठुला क्रान्ती र परिवर्तनहरु भएपनि समाजमा वर्गिय विभेद कायमै रहेको वर्तामान अवस्थालाई गीतले दुई पात्र बिचको प्रेमका मार्फत टपक्कै टिपेर प्रस्तुत गरेको छ । चलचित्रका दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदिप खड्का) र राधा बिश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले बर्गिय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ ।
बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । जुम्लाकै परिवेशमा छायाँकन गरिएको गीतमा प्रदिप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रतिक्रिया