Bisal Chautari Logo

‘बाबरी’को टिजर रिलिज || फरक स्वरमा धिरजले अदितीलाई फकाउँदै

- १४ जेष्ठ २०७९, शनिबार १७:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ १४, शनिवार ।
अदिती बुढाथोकी र धिरज मगर अभिनित चलचित्रमा ‘बाबरी’को अफिसियल टिजर रिलिज गरिएको छ । केन्द्र मोसन पिक्चर्स युट्युव च्यानलबाट सार्वजनिक भएको १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । सिनेमा धिरज नाडकरको पनि मुख्य भुमिका रहेको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । सिनेमा आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह–निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।
सिनेमाको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजद दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

प्रतिक्रिया