Bisal Chautari Logo

‘कबड्डी ४’ टिकटक क्लिपको सिकार || निर्देशक रामबाबुले भने ‘हलहरुको कमजोरी’

- १३ जेष्ठ २०७९, शुक्रबार २१:३० मा प्रकाशित


विशाल राई
काठमाडौं, २०७९ जेष्ठ १३, शुक्रवार ।
संसारभरी विभिन्न तरिकाहरुबाट फिल्महरु पाइरेसीका सिकार हुन्छन् । आजभोली भने नेपालमा छोटो क्लिप भएपनि धेरै पाइरेसी हुने स्थल हो टिकटक । यस्तैमा आजबाट रिलिज भएको सर्वाधिक प्रतिक्षीत चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ पनि यसको सिकार भएको छ ।
रिलिजको पहिलो दिन नै सामाजिक संञ्जालहरुमा विभिन्न क्लिपहरु पाइरेसी भएपछि चलचित्रको निर्माण टिम तनावमा रहेका छन् । विषेशतः टिकटकमा ‘कबड्डी ४’को महत्वपुर्ण क्लिपहरु दर्शकहरुले हलमा मज्जाले खिचेर हालेका छन् । यसबारे विशाल चौतारी डटकमसंग कुरा गर्दै फिल्मका निर्देशक राम बाबु गुरुङले हलहरुको कमजोरीका कारण यो अवस्था आएको बताए । चलचित्र हलहरुमा दर्शकलले फिल्मै खिचेर बसेको हेर्न नसक्नु हल व्यावस्थापनको कमजोरी भएको गुरुङले बताए । यसबारेमा ‘कबड्डी ४’को टिमले नेपालभरीका हलहरुमा मेल पठाएको बताउदै रामबाबुले भने दर्शकहरु हलमा फिल्म हेर्न आउदा, मोवाइलबाट के भइरहेको भनेर चेक नगर्ने, हल भित्रबाटै फेसबुक, टिकटक लाइभमा लगातार ३० मिनेटसम्म फिल्म देखाइएको छ । यो सबै हलहरुको कमजोरीको रुपमा हामिले हेरेका छौ । भोलीका दिनमा फिल्म हेर्ने दर्शकलाई नमज्जा हुन्छ, दर्शक आफै संयमपनि हुनपर्‍यो’ निर्देशक रामबाबुले दर्शकसंग आग्रहपनि गरे ।

टिकटकको पाइरेसीका बारेमा तपाइहरु कानुनी उपचारमा जानुहुन्छ भन्ने प्रश्नमा रामबाबुले दर्शकको भन्दा हलहरुको कमजोरी भएका कारण अहिले नै कानुनी उपचारमा नजाने बताए । तर यसैगरी पाइरेसी रोकिएन भने त्यसबारेमा पनि सोच्ने बताए । पाइरेसीको बारेमा चलचित्र संघमापनि कुरा पुगीसकेको रामबाबुले जानकारी दिए ।
समाजिक संजाल टिकटक, फेसबुक, युट्युव लगायतमा कबड्डी ४ को क्लिपहरु अहिले छ्यापछ्याप्ती भाइरल भइरहेका छन् ।

प्रतिक्रिया