Bisal Chautari Logo

बिजुक्छेको आरोप –विदेशीको भरमा संविधान बनाउन लागेका छन्

- १९ फाल्गुन २०७०, सोमबार १६:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
भक्तपुर, १९ फागुन ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठुला दलहरु विदेशीको भरमा संविधान बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।
भक्तपुर ताथली सौडोलस्थित देवी उच्च माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सवमा उनले हाल दलहरुले छिटो छिटो संविधान जारी गर्ने नाममा विदेशीले डिजाइन गरेको संविधान जारी गर्ने तयारीमा लागेको बताए ।
ठूला दलहरु देश र जनताको पक्षमा संविधान बनाउनतिर भन्दा सत्ताको भागवण्डामै केन्द्रित भएर समय बिताइरहेकोसमेत उनले दाबी गरेका छन् ।
हाल विद्यार्थीहरुलाई विभिन्न बहानामा विदेश लैजाँदै दास बनाउने कार्य भएको चर्चा गर्दै बिजुक्छे भने विद्यार्थीलाई दास बनाउने सरकारको शिक्षा नीतिबारेमा शिक्षकहरुले विद्यार्थीलाई सचेत बनाउनु पर्नेमा जोड दिए । ‘पहिला नपढेका र अशिक्षितलाई दास बनाउने गरिएको थियो, अहिले पढेकालाई दास बनाउने काम भइरहेको छ, त्यो कामलाई निरुत्साहित गर्नका लागि विद्यार्थीलाई चेतना दिनुपर्छ ।’ बिजुक्छेंले सुझाव दिए ।
विद्यालयले आर्थिक वर्ष २०७१ /७२ का लागि १ करोड १७ लाख ९७ हजार २ सय ९६ रुपैंयाको अनुमानित बजेट प्रस्तुत गरेको छ । विद्यालयमा हाल पूर्व प्राविमा ५२, प्रावि तहमा २ सय ५८, निमावि तहमा १ सय ९३, मावि तहमा १ सय ५४ र उमावि तहमा ८८ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन्  ।

add

प्रतिक्रिया