Bisal Chautari Logo

एथलेटिक्स टोली स्वदेश फर्कियो

- १ माघ २०७७, बिहीबार ०५:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७  माघ १ बिहिवार ।
बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भई २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ । जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्पा भण्डारीले ऐतिहासिक स्वर्ण जितिन् । उनले निर्धारित दूरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी थिइन् । सो विधामा भारतीय खेलाडीले रजत र कांस्य पदक जितेका थिए ।

पुष्पा १३औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फकै रजत पदक विजेता हुन् । पुष्पाले गत महिना धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण पदक विजेता हुन् । नेपाली एथलेटिक्सको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय म्याराथनमा स्वर्ण जितेको पहिलो हो । पुष्पा १३औं दक्षिण एसियाली खेलकुद (साग)की रजत विजेता हुन् । पुरुषमा १३औं सागका स्वर्ण विजेता किरणसिंह बोगटी चौथो भए ।

प्रतिक्रिया