Bisal Chautari Logo

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

- १ माघ २०७७, बिहीबार ०५:०९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७  माघ १ बिहिवार । 
नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन आज ( बिहीबार) परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने भएका छन् । बिहीबार र शुक्रबार (१ र २ माघमा) नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

बिहीबार नै संयुक्त आयोगको बैठक आरम्भ हुनेछ । शुक्रबार बैठक सम्पन्न गर्दै उनले राजनीतिक भेटघाट गरी शनिबार फर्कने कार्यक्रम तय गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय विविध आयामसहित व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटनलगायतक विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया