Bisal Chautari Logo

राजेशपायलले रकम दिदा अनिशका आमा धुरुधुरु रोइन्

- २१ फाल्गुन २०७०, बुधबार १३:०६ मा प्रकाशित


प्रवासी नेपाली साहित्य समाजद्धारा अनिश खालिङ बचाउ अभियानका लागी ९ लाख सहयोग
विशाल चौतारी समाचार
काठमाडौं, २१ फागुन ।
नेपाली पाश्र्व तथा आधुनिक विधाका चर्चित राई इज किङ गायक राजेश पायलले युएईमा मृत्युदण्ड सुनाईएका २३ बर्षिय अनिश खालिङ्को जीवन रक्षाको लागि आवश्यक पर्ने ‘ब्लड मनि’को निमित्त रकम हस्तानतरणको क्रममा उनका आमाले गहभरी भएका आसु रोक्न नसकेपछि धुरुधुरु रोइन् ।
प्रवासी नेपाली साहित्य समाज वेलायतले अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख ४ हजार १ सय ८८ रुपैया सहयोग हस्तान्तरण गरेको छ । राजधानीको दरबारमार्ग स्थित मधुशाला गजल रेष्टुरेन्टमा बुधबार आयोजित एक औपचारीक कार्यक्रममा राजेशपायल तथा चर्चित सफल गायक उदय सोताङको हातबाट खालिङका आमा डिकमाया खालिङ, उनका श्रीमति रविता राई खालिङ तथा खालिङ बचाउ अभियानका प्रतिनिधिलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको  थियो ।
सोहि कार्यक्रममा नै गायक राजेश पायलले २५ हजार रुपैंया खालिङको परिवारलाई आफ्नो राजेशपायल राई फाउन्डेशन मार्फत प्रदान गरेका हुन् । सोहि क्रममा अनिशका आमा धुरुधुरु रोएकी हुन् । गायक राजेशपायलले केही समय अगाडी भएको दुवईको अबुधाबीमा भएको कन्सर्टबाट आएका रकम मध्ये २५ हजार रकम हस्तान्तरण गरेका हुन् । बेला–बेलामा सामाजिक काममापनि अग्रसर रहने गरेका गायक राजेशपायलले यस भन्दा अगाडीपनि पिडित परिवारलाई रकम दिदै आएका छन् ।
खालिङ्को जीवन रक्षाको लागि आवश्यक पर्ने ‘ब्लड मनि’को निमित्त प्रवासमा सक्रिय साहित्य समाजले उक्त रकम प्रत्यक्ष र अनलाइन मार्फत दाताहरुबाट संकलन गरेको कार्यक्रममा बताइएको थियो । अनिस खालिङका लागि ४११ दाताले सहयोग गरेको थिए । सङखुवासभाका २३ वर्षीय युवा अनिस खालिङग राईलाई युएईको दुवईस्थित माथिल्लो अदालतले तल्लो अदालतको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनका परिवारजन पीडाले छटपटिएका छन् । दुवईको आबुधावीमा घरेलु कामदारका रुपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बङगाल खानको हत्या गरेको आरोपमा यसअघि त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । मत्स्यपोखरी गाविस–३ निवासी राईको मृत्युदण्ड हुने भएपछि उनको आयबाट आश्रित ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौँ आएका हुन् । २३ बर्से अनिस खालिङ सि.एम.ए अध्ययन गर्दा गर्दै आमा र श्रीमति पाल्नको लागि यु.ए.ई दुबईमा बैदेसिक रोजगारको लागि गएका थिए । मृतक बंगाल खानको  रगतको मुल्य (ब्लड मनि) रु ८६०००००( छियासी लाख)तिर्न सकेमा अनिस खालिङलाई मृत्युदण्डबाट बचाउन सकिन्छ । अनिस बचाउ अभियान अन्र्तगत रकम भने केही दिन अगाडी नै एक करोड भन्दा बढि उठेको समाचारहरु सार्वजनिक भएको थियो । समाजका उपाध्यक्ष तथा नेपाल प्रतिनिधि तथा चलचित्र निर्देशक मिलन चाम्सको संयोजनमा यो रकम जुटेको हो ।

add

प्रतिक्रिया