Bisal Chautari Logo

बिन्धवासिनी म्युजिक प्रालिकी अध्यक्ष पक्राउ

- २८ पुष २०७७, मंगलवार ०५:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७ पौष २८ मंगलवार । 
बिन्धवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्।

प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई हिजो (सोमवार) पक्राउ गरेको हो ।

गायक प्रमोद खरेललगायतका ५७ जना कलाकारले महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि पक्राउ गरेको हो ।

प्रतिक्रिया