Bisal Chautari Logo

आगलागीमा परी भुटानी शरणार्थीको मृत्यु

- २८ पुष २०७७, मंगलवार ०५:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
विराटनगर ,२०७७ पौष २८ मंगलवार ।
झापाको दमकस्थित बेलडाँडी भुटानी शरणार्थी शिविरमा भएको आगलागी परी एकजना शरणार्थीको मृत्यू भएको छ ।

शिविरको सेक्टर नंबर डी ४, छाप्रा नं. ३२५ मा आगलागी हुँदा जलेर बस्ने ६० वर्षीय देशमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सोमबार साँझ छाप्रोमा एक्कासि आगो सल्किएको थियो ।  प्यारालाईसिसका बिरामी राई घरमै सुतिरहेको अवस्थामा आगलागीमा परेर जलेको बताइएको छ ।

बाँसको टाटीको बार र जस्ता पाताले बनेको छाप्रोमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरपालिकाको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको दमक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया