Bisal Chautari Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

- २६ पुष २०७७, आईतवार ०६:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाण्डु,२०७७  पौष २६ आइतवार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले आइतवार विहान १० बजे फोन गरेर मन्त्रीहरुलाई साढे ११ बजे बालुवाटार पुग्न निर्देशन दिएका हुन् । साढे ११ बजेका लागि बैठक बोलाइए पनि अझै बैठक सुरु नभएको प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए ।

मन्त्रिपिरषदको नियमित बैठक भने सोमवार र बिहीवार बस्दै आइरहेको छ । बैठकको एजेण्डाबारे भने केही खुलाइएको छैन ।

प्रतिक्रिया