Bisal Chautari Logo

कोरोना संक्रमित दुई महिलाको मृत्यु

- २६ पुष २०७७, आईतवार ०५:०० मा प्रकाशित


विशाल चौतारी समाचार
नेपालगञ्ज ,२०७७  पौष २६ आइतवार । 
बाँकेमा उपचार गराउन आएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, रोल्पा लिवाङका ४२ वर्षीया महिला र दाङ बबईका ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ।

रोल्पाका ४२ वर्षीया महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । भने दाङका ८० वर्षीया महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा उनलाई भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको थियो।

बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ८२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया