Bisal Chautari Logo

छाङरुमा सशस्त्रको सुरक्षासँगै स्वास्थ्य सेवा

- २५ पुष २०७७, शनिबार ०५:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७  पौष २५ शनिवार ।
दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित छाङरुमा खटिएको सशस्त्र प्रहरीले सुरक्षासँगै सो क्षेत्रमा स्वास्थ्य सेवा पनि दिन थालेको छ ।

सशस्त्र प्रहरीका चिकित्सकले केही दिनअघि सो क्षेत्रमा स्थानीयको स्वास्थ्य परिक्षण सँगै औषधि वितरण गरेका थिए । छाङरु र दुम्लिङमा स्वास्थ्य शिबिर मार्फत स्वास्थ्य सेवा प्रदान गरिएको सशस्त्रका प्रवक्ता (डीआईजी) राजु अर्यालले रातोपाटीलाई बताए ।

०७७ वैशाख ३१ मा छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको थियो । नेपाल–भारत सीमा विवाद थप चर्र्किएपछि असोज ९ मा सो ठाउँमा विओपीलाई विस्तार गरेर गुल्म स्थापना गर्दै फौजको संख्या बढाइएको थियो ।

सीमा क्षेत्रका जनताले स्थानिय स्तरमा स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । स्रोत साधनले भ्याएसम्म स्वास्थ्य समय–समयमा स्वास्थ्य सेवा प्रदान गरिने डिआईजी अर्यालले बताए । उनले भने, ‘छाङरुको गुल्ममा हाम्रो स्वास्थ्यकर्मीको टिम हुन्छ, सो टिमले बेला–बेलामा स्वास्थ्य परिक्षण गर्ने र सल्लाह दिने काम गर्छ ।’

दुर्गममा जनतालाई समस्या पर्दा प्राथमिक उपचार गर्ने र गम्भिर स्वास्थ्य समस्य देखिएमा उपचारका लागि अस्पताल जान सल्लाह दिनेगरी सशस्त्रको मेडिकल टिमले काम शुरु गरेको हो ।

प्रतिक्रिया