Bisal Chautari Logo

सप्तरीमा करेन्ट लागेर हात्ती मर्याे

- २५ पुष २०७७, शनिबार ०४:५८ मा प्रकाशित


रासस ।  सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्ती मरेकाे छ ।

दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भएर भाले हात्ती मरेकाले डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिनुभयो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती  खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मरेकाे इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो । हात्तीको मरेकाे घटनाबारे बुझ्न आज बिहान कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागेको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर साफीले बताउनुभयो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण त्यस क्षेत्रका बासिन्दा रातभरि जाग्राम बस्नुपर्ने बाध्यता छ । याे क्षेत्र मात्र नभएर जिल्लाको पश्चिमी, उत्तरी र पूर्व भेगमा समेत कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीका कारण दैनिक आतङ्क हुने गर्दछ ।

प्रतिक्रिया