Bisal Chautari Logo

त्रिभुवन विमानस्थलमा जैविक इन्धनबाट चल्ने र्‍याम्प बस हट्ने

- २४ पुष २०७७, शुक्रबार ०९:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७  पौष २४ शुक्रवार ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जैविक इन्धनबाट चल्ने र्‍याम्प बस हट्ने भएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल टर्मिनलबाट विमानसम्म लैजाने र ल्याउने बस विद्युतीय बनाउने व्यवस्था गर्न विमास्थललाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले यससम्बन्धी कार्यविधि बनाउन विमानस्थललाई भनिएको जानकारी दिए । तर, ती बस तत्काल हट्ने भन्ने नरहेको उनको भनाइ छ । बाह्रखरीसँग क्षेत्रीले भने, “विमानस्थलबाट जैविक इन्धनले चल्ने बस हट्छन् । त्यसका लागि कार्यविधि बन्नुपर्छ ।”

विदेशी विमानस्थलमा विद्युतीय सवारी मात्र प्रयोग हुन्छ । क्लिन इनर्जी अवलम्बन गर्न यस्तो तयारी गरिएको उनको भनाइ छ ।

वायुसेवा प्रदायक कम्पनीहरु भने तत्काल विद्युतीय बस राख्न नसकिने बताउँछन् । वायुसेवा सञ्चालक संघ योगराज कँडेलका अनुसार जैविक इन्धनबाट चल्ने सवारी हटाउने काम तत्काल कार्यान्वयनमा ल्याउन नसकिने बताउँछन् ।

यसबारे आफूहरुसँग विमानस्थलले छलफल गरेको जानकारी उनले दिए । तर, तत्काल कार्यान्वयनमा ल्याउन नसक्ने जिकिर उनले गरे । कँडेलले भने, “कहिलेदेखि विस्थापित गर्ने भनेर पहिले कार्यविधि आओस् अनि छलफल गरौँला ।”

प्रतिक्रिया