Bisal Chautari Logo

इलाममा ट्रक पल्टिँदा एकको मृत्यु, चालक पक्राउ

- २४ पुष २०७७, शुक्रबार ०५:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
ललितपुर, २०७७  पौष २४ शुक्रवार ।
इलामको माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ३५ वर्षीय किरण राईको ना ३ ख २०५ ट्रक दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

पाँचथरको रविबाट काठको गोलिया बोकेर झापाको दमकतर्फ जाँदै गर्दा ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। दुर्घटनापछि ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ।

प्रतिक्रिया