Bisal Chautari Logo

सवारीसाधनले किचेर एक पुरुषको मृत्यु

- २३ पुष २०७७, बिहीबार ०६:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष २२ बुधवार ।
बाराको निजगढ नगरपालिका-११ तमागढीमा गएराती सवारीसाधनले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन।

गएराति पौने ३ बजे पैदल हिँडिरहेका उनलाई सवारीसाधनले किचेको बताइएको छ। दुर्घटना गराएर सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको छ।

प्रतिक्रिया