Bisal Chautari Logo

केजीएफ २ को नयाँ पोस्टर रिलिज, दर्शकको प्रतिक्षाको घडी नजिकिँदै

- २१ पुष २०७७, मंगलवार ०५:२२ मा प्रकाशित


एजेन्सि ।  केजीएफ १ यस्तो फिल्म थियो जसले कन्नड सिनेमा उद्योगलाई एक नयाँ उचाईमा लिएको थियो । उक्त फिल्मले  दुनियाँभरका प्रशंसकको ध्यान आफूतर्फ खिच्न सफल भएको थियो ।

यस फिल्ममा यशको अभिनयबाट सबै प्रभावित नै भएका थिए । ६ भाषामा रिलिज गरिएको केजीएफ १ ले मानिसहरुको दिल यसरी जित्यो कि यसको दोस्रो भागको व्यग्र प्रतिक्षामा दर्शक रहेका छन्  ।

भाग २ हेर्नका लागि पर्खिरहेका दर्शकका लागि फिल्म निर्माता टिमले खुशीको खबर साझा गरेको छ ।

केजीएफ च्याप्टर २ को नयाँ पोस्टर रिलिज भइसकेको छ । यो पोस्टर शेयर गर्दै फिल्म निर्माताले छिट्टै टिजर पनि रिलिज हुने बताएका छन् ।

निर्देशक प्रशान्त नीलले आफ्नो ट्वीटरमा नयाँ पोस्टर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘साम्राज्यको ढोकाको उल्टो गन्ती अब शुरु हुनेछ ।’

उनले ८ जनवरीमा फिल्मको टिजर रिलिज हुने पनि घोषणा गरेका छन् । हालै सार्वजनिक भएको नयाँ पोस्टरमा सुपरस्टार यश देखिएका छन् । धेरै प्रशंसकले प्रतिक्रिया दिँदै ‘सलाम रक्की भाई’ लेखेका छन् ।

पोस्टरमा हल्का मधुरो रातो बत्तिमा यशको अनुहार देखिन्छ । उनी अध्याँरो ठाउँमा बसिरहेका छन् । ८ जनवरी यशको जन्मदिन पनि हो । यसैकारण ८ जनवरीमै टिजर रिलिज गर्ने तयारी गरिएको हो ।

प्रतिक्रिया