Bisal Chautari Logo

विदेशमा कोरोनाबाट निको हुने नेपालीको सङ्ख्या बढ्यो

- १३ पुष २०७७, सोमबार ०५:१४ मा प्रकाशित


रासस । विदेशमा कोरोना भाइरस (कोभिड –१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९४.५ प्रतिशत निको भएका छन् । स्वास्थ्य समितिको तथ्याँक अनुसार शनिबार साँझसम्म विदेशमा रहेका ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

तीमध्ये ४९ हजार ८ सय ९२ जना निको भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन ।

सापकोटाका अनुसार यो साता नाइजेरिया, साउदी, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रिया