Bisal Chautari Logo

ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

- १२ पुष २०७७, आईतवार ०७:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
गुल्मी, २०७७ पौष १२ आइतवार ।
गुल्मीको रेसुङगा नगरपालिका-१३, मसिनो खोलामा गएराति ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ।

बुटवलबाट तम्घासतर्फ जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले सोही ठाउँका २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेललाई गएराति साढे २ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया