Bisal Chautari Logo

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

- ११ पुष २०७७, शनिबार ०६:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७  पौष ११ शनिवार ।
  वरिष्ठ भलिबल प्रशिक्षक सुदेशकुमार रिमालको निधन भएको छ ।

नशासम्बन्धी रोगबाट पीडित रिमालको ५६ वर्षको उमेरमा उपचारका क्रममा  बाँसबारीमा रहेको न्यूरो अस्पतालमा निधन भएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशकसमेत रहेका उनी राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबको समेत प्रशिक्षक रहनुभएको थियो । सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आउनुभएको थियो ।

रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकुदमा राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनसिपमा महिला टोलीको मुख्य प्रशिक्षक रहेका उहाँले ऐतिहासिक रजत पदक दिलाउनुभएको थियो ।

प्रतिक्रिया