Bisal Chautari Logo

युगाण्डा डुंगा दुर्घटना हुँदा २६ जनाको मृत्यु

- ११ पुष २०७७, शनिबार ०५:५९ मा प्रकाशित


एजेन्सी , ११ पुष । युगाण्डाको अल्बर्ट तालमा डुंगा दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ भने २१ जनाको सकुशल उद्दार गरिएको छ । युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको हो ।

तीव्र गतिमा चलेको हावाका कारण डुंगा डुबेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । कमजोर सुरक्षात्मक व्यवस्था तथा लगातार परिवर्तन भइरहने मौसमका कारण सो तालमा यस्ता खालका दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया