Bisal Chautari Logo

महिला प्रधानमन्त्री कप आजदेखि

- ११ पुष २०७७, शनिबार ०५:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
दाङ, २०७७  पौष ११ शनिवार ।
दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने महिला प्रधानमन्त्री कपको तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ । विशेष माटो प्रयोग गरेर तीन वटा पिच तयारी अवस्थामा रहेको छ । त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ । ब्यबस्थापनका हिसावले पनि अन्य काम सकिसकेका छन् । यसैबीच आयोजनाको जिम्मेवारी प्राप्त गरेको लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले प्रतियोगितालाई लिएर उत्साहित रहेको र प्रतियोगिताको आयोजनालाई लिएर न्यान्य गर्ने बताएका छन् ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स टेलिभिजनले गर्नेछ । यता प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा विभागीय नेपाल एपीएफ क्लब, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह ‘बी’मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेको छ ।

प्रतिक्रिया