Bisal Chautari Logo

प्रदेश लिगबारे छलफल

- ११ पुष २०७७, शनिबार ०५:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७  पौष ११ शनिवार ।
  अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी र सी डिभिजन लिगपछि प्रदेश लिग फुटबल संचालनका लागि पनि प्रक्रिया अघि बढाएको छ । यसअघि हुन बाँकी रहेका प्रदेश २, बागमती र सुदूरपश्चिममा माघमा लिग सञ्चालन गर्ने गरी तयारी सुरु गरेको एन्फाले जनाएको छ ।

एन्फा पदाधिकारीले प्रदेश फुटबल संघका प्रतिनिधिसँग बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा भएको छलफलमा प्रदेश फुटबलका प्रतिनिधि प्रदेश लिग सञ्चालनका लागि सकारात्मक रहेको र एन्फाले एक साताभित्र प्रदेश लिगको विषयमा प्रस्ताव पेश गर्न प्रदेश संघलाई भनेको छ ।

प्रतिक्रिया