Bisal Chautari Logo

चन्द्रागिरी नगरपालिकासँग अब दमकल र एम्बुलेन्स

- ११ पुष २०७७, शनिबार ०५:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७  पौष ११ शनिवार ।
चन्द्रागिरी नगरपालिकाले बारुण यन्त्र र नगर एम्बुलेन्स खरिद गरेको छ ।

सार्वजनिक खरिद प्रक्रिया पूरा गरेर खरिद गरिएको दमकलको ४५ सय लिटर पानी र पाँच सय लिटर आगो निभाउने फोम अट्ने क्षमता छ ।

चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र कार्किले नेशनल फायरसेफ प्रालिबाट इटेण्डरमार्फत एम्बुलेन्स र दमकल खरिद गरिएको बताए ।

नगरपालिकाले ५२ लाखमा दमकल र १२ लाखमा एम्बुलेन्स खरिद गरेको हो । मेयर घनश्याम गिरीले दमकल खरिदपछि नगरपालिका भित्र आगो नियन्त्रण गर्न सहज हुने रातोपाटीलाई बताए ।

बिपद् न्यूनीकरण र नगवासीको स्वास्थ्य सुविधाको लागी खरिद गरिएको दमकल–एम्बुलेन्स शुक्रवार प्रदर्शनी गरिएको थियो । चन्द्रागिरी नगरपालिकाले आफ्नै भवन पनि बनाइरहेको छ ।

प्रतिक्रिया